राजनीति


केपी ओलीले नेतृत्व लिएपछि एमालेको पहिचान बदलियो: मोहनमाया ढकाल

केपी ओलीले नेतृत्व लिएपछि एमालेको पहिचान बदलियो: मोहनमाया ढकाल

नेपालखबर
साउन ६, २०८२ मंगलबार १७:४८, काठमाडौँ

नेकपा एमालेको जारी केन्द्रीय कमिटीमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी छ। अहिले कर्णाली प्रदेशका केन्द्रीय सदस्यहरुले आफ्ना धारणाहरु राखिरहेका छन्। यसै क्रममा केन्द्रीय सदस्य मोहनमाया ढकालले केपी शर्मा ओलीले नेतृत्व गरेपछि पार्टीको पहिचान बदलिएको बताइन्।

उनले ०५६ देखि २०७० सम्मको राजनीतिक संक्रमणको समयमा एमालेको नेतृत्वले सही निर्णय गर्न नसक्दा पार्टी कमजोर भएको स्मरण गरे। उनले २०७१ मा भएको नवौं महाधिवेशनपछि ओली नेतृत्वमा आएपछि एमालेले राष्ट्रिय राजनीतिलाई नै नेतृत्व गरेको बताइन्। 

२०७२ का नाकाबन्दीमा केपी ओलीले प्रधानमन्त्रीका रुपमा लिएको अडान र राष्ट्रवादी छविले एमालेलाई चुनावमा उल्लेख्य सफलता प्रदान गरेको उनको भनाइ छ।  

२०७७ मा एमले चोइटिएको,कांग्रेस माओवादीको गठबन्धनका बाबजुत पनि ओली नेतृत्वकै कारण स्थानीय, प्रदेश र संघमा उल्लख्य सफलता हासिल भएकै कारण अहिले पनि सरकारको नेतृत्व एमालेले गरिरहेको बताए। 

उनले एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउन र राष्ट्रिय शक्तिको रुपमा विकास गर्नका लागि पनि आगामी ओलीको नेतृत्वको निरन्तरता आवश्यक रहेको बताइन्। 

राजनीतिक नेतृत्व उमेरका कारणभन्दा क्षमता र दलको आवश्यकतामा निर्भर हुने भएकोले सचिवालय र पोलिटब्युरोले प्रस्ताव गरेको उमेर हद हटाउने निर्णय स्वागतयोग्य भएको उनको भनाइ छ। 

जारी बैठक आजै सक्ने तयारी छ। तर अझै ६० जनाभन्दा केन्द्रीय सदस्यहरू बोल्ने पालो पर्खिएर बसेका छन्। उनीहरुलाई बोल्नका लागि तीन मिनेटको समय उपलब्ध गराइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad