राजनीति


पार्टी कार्यालय नै देखेको छैन भनेपछि विद्याजीलाई च्यासलमै बोलाएँ: ओली

पार्टी कार्यालय नै देखेको छैन भनेपछि विद्याजीलाई च्यासलमै बोलाएँ: ओली

नेपालखबर
साउन ६, २०८२ मंगलबार ७:२०, काठमाडौँ

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारी र आफूबीचको भेट ठूलो कुरा नभएको बताएका छन्। 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले भण्डारीलाई आफूले बालुवाटारमै बोलाए पनि एमाले पार्टी कार्यालयसमेत देखेको छैन भनेपछि च्यासलमै बोलाएको बताए। 

ओलीले एमाले केन्द्रीय कमिटी बैठकमा गरेको सम्बोधनको मुख्य अंश
केन्द्रीय कमिटीका प्रिय कमरेडहरू, नवौँ बैठकमा हार्दिक स्वागत गर्दछु। हामीसँग समय कम छ,  ठूलो कमिटीको बैठक छोटो समयमा टुग्यांउनु पर्नेछ। 

आगामी भदौमा हुने विधान ममहाधिवेशनको सन्दर्भमा छलफल गर्नु पर्नेछ। सबै समय छलफल र बहसमा हुनेछ। मैले राजनीतिको चर्चा गर्नेछु , आठाैँ बैठकपछिको काम म प्रस्तुत गर्नेछु, यो लिखित गरिएको छैन । म मौखिक गर्नेछु । हाम्रो आन्दोलनले सधैँ हमला बेहोरेको छ। विरोधीहरूले हाम्रो समर्थन गर्दैनन्, काममा समर्थन गर्दैनन्, झुट र बेइमान छन् । स्तरहीन छन् । अफवाह फैलाउँछन्, हाम्रो पार्टीले इतिहासदेखि हमला झेलेको हो। 

८ साल देखि १३ सालसम्म हाम्रो पार्टीलाई प्रतिबन्ध लागेको थियो। मतभेदहरू हुन्थ्यो, पछिल्लो समय जस्तो घुसपैठ भने थिएन। पेटी बुर्जुवा पहिला पनि नभएको होइन। 

गालीगलाैजको प्रवृत्ति, मोहनविक्रमले यस्ता कुरालाई सैद्धान्तिकरण गरे, पछिल्लो समय प्रचण्ड प्रवृत्ति आयो, राष्ट्रिय राजनीतिमा धोकाधडीको रूपमा प्रचण्ड हुनुहुन्थ्यो। को माथि हमला गर्ने, केही पनि छैन। को दक्षिणपन्थी, केही दृष्टिकोण छैन । हतियारबन्द आन्दोलनको जसअपजस नेतालाई जान्छ ? सही र गलतको जिम्मा लिनुपर्दछ । सफलता र असफलताको जवाफ प्रचण्डले दिनुपर्छ, माओवादीको अहिलेको तरिका फरक छन्। सबैविरुद्ध एमाले लड्नु पर्नेछ।

अस्तिदेखि पोलिटब्युरो एकढिक्का छ। हामीले हाम्रो अभिभारा बुझेका छौँ, हाम्रो जिम्मेवारी बुझेका छौँ । मलाई अचम्म लागेको छ । हामीलाई असाधारण हमला भइराखेका छन् । यी त्यसै भएका छैनन्, लगानी गरेर भएका छन् । हामीले मिसन ८४ भनेका छौँ । बहुमत नभइ काम गर्न सकिन्न । एकमना एकता नभै हाम्रो नीति लागू गर्न सकिन्न। 

अस्तिका दिन त्यो संकल्प गरेर निस्कियौँ, हिजो अरु तयारीहरू भइरहेका छन् । कतै हामी आफ्नै संकल्पमा नरहेको जस्तो देखिन्छ । किन त्यस्तो हुन्छ ? हिजो महासचिव सही गराउन बालुवाटार पुग्नुभएको थियो । त्यसमा प्रदीप ज्ञवाली जोडेर आएको छ । सर्वोच्चले विधायिकीमाथि हमला गर्न मिल्दैन थियो, तत्कालीन सर्वोच्चले गरिदियो । अदालतले दर्ता खारेज गरेको पार्टी मिलाउन सकिने स्थिति थियो। 

पाउने कुरा, आफ्ना लागि स-साना कुरा गरेर किन हामी संकिर्ण बनेका ? हामी सुदृढ सरकार चलाइराखेका छौँ । हामी १८ महिना अर्को सरकार चलाउने छाैँ । ७० वर्ष त्यो सन्दर्भमा हामी आफैँले गरेका हौँ । लोकतान्त्रिक हुनका लागि मैले नै हो लिड गरेको ।  आन्तरिक पार्टी जीवनको लोकतान्त्रिकरण गरेर साझा बनाएर आठौँमा लगियो।
 
अस्वस्थ गतिविधि हुन दिन्नौँ । म सबै साथीहरूलाई आफ्ना काँधको जिम्मेवार बन्न र बैठक सम्पन्न गर्न आग्रह गर्दछु । मैले विद्याजीलीई हिजो भेटेँ, बालुवाटार बोलाएको हो, पार्टी कार्यालय देखेको छैन भन्नुभयो के ठूलो भयो ? पूर्वराष्ट्रपति र प्रधानमन्त्री भेट्दा किन ठूलो कुरा गर्नुपर्छ ? कोही उहाँको प्रवक्ता बन्नुभएको छ । किन पर्‍यो त्यो ? मैले सुझाव दिएको छु । उहाँले के गर्नु हुन्छ, भनिसक्नु भएको छैन। 

(प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार पार्टी केन्द्रीय समितिमा गरेको सम्बोधन)
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad