ad ad

राजनीति


कोरोनाका कारण अर्थतन्त्र ढल्न दिनुहुन्न : लोहनी

कोरोनाका कारण अर्थतन्त्र ढल्न दिनुहुन्न : लोहनी

नेपालखबर
बैशाख १, २०७७ सोमबार ९:४४,

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कोरोनाभाइरस (कोभिड १९) का कारण मुलुकको अर्थतन्त्र ढल्न दिन नहुने बताएका छन्।

नयाँ वर्ष २०७७को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले कोरोनाले मुलुकको अर्थतन्त्रलाई नकारात्मक असर गरेको भए पनि थप क्षति हुन दिन नहुने बताएका हुन्।

यस परिस्थितिमा मुलुकको अर्थतन्त्र जोगाउन र कोरोनाबाट पीडित भएका जनताका लागि लक्षित राहत कार्यक्रम ल्याउन उनले सरकारको ध्यानाकर्षण गराएका छन्।

‘कोरोना उपचारको क्रममा सरकारवाट देखिनुपर्ने गम्भिरता र सक्रियतामा कमि कमजोरी हुन भएन। विषेशत यो संघर्षमा सरकारको उच्च तहमा बस्नेहरुमा देखिएको भ्रष्ट प्रवृत्ति माथि समयमै नियन्त्रण गरिनेछ भन्ने कामना गर्दछु,’ उनले सन्देशमा भनेका छन्।

उनले साना र सिमान्त किसान, कृषि मजदुर, सहरी क्षेत्रका मजदुर, साना व्यवसायीहरु, पर्यटन व्यवसायी तथा साना उद्योगहरुलाई ठूलो मार परेको बताएका छन्। ‘बेरोजगार तीव्र गतिमा बढेको छ। यो परिस्थिति मा देशको अर्थतन्त्रलाई बचाउन र बढ्दो गरिबीको मारबाट जनतालाई बचाउन आवश्यक राहत कार्यक्रम सरकारले अविलम्ब पेस गरोस्,’ पूर्वअर्थमन्त्री समेत रहेका लोहनीले भनेका छन्।

विकास र सुशानको धेरै नारा दिए पनि विगतको वर्षमा देखिएको सरकारी क्रियाकलापले जनतामा आशा जगाउन नसकेको लोहनीले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .