ad ad

समाज


कौसीमा खाना पकाउँदै प्रचण्ड

कौसीमा खाना पकाउँदै प्रचण्ड

नेपालखबर
बैशाख १, २०७७ सोमबार ९:३७,

हाफ गन्जी, ट्राउजर र चप्पल लगाएर मुढामा बसेका सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ वर्ष २०७७ को को पहिलो दिन खाना पकाइरहेका छन्।

सोमबार बिहान सार्वजनिक भएको एउटा तस्बिरमा प्रचण्ड आफ्नै निवास खुमलटारमा छोरी गंगा दाहाल र ज्वाईं जीवन आचार्यलाई वरिपरि राखेर मासु पकाइरहेका देखिन्छन्।

ज्वाईं आचार्यले ‘एक जना थारु साथीले बनाएर दिएको चुल्होमा’ प्रचण्डले खाना पकाइरहेको भन्दै तस्बिर सार्वजनिक गरेका हुन्।

यसअघि भनिए अनुसार प्रचण्ड खसीको मासुका सौखिन हुन्। जनयुद्धबाट शान्तिपूर्ण राजनीतिमा आएपछि उनी मासु नभइकन खाना नै खाँदैनथे भनिन्थ्यो।

कोरोना भाइरसको संक्रमणको जोखिम हुन नदिन सरकारले लकडाउन गरेको सोमबार २१ दिन भएको छ। कार्य क्षेत्रमा खटिइरहेका बाहेक घरमै बसिरहेका नेपाली विभिन्न तरिकाले नयाँ वर्ष मनाउँदै छन्।

पारिवारिक स्रोतका अनुसार फुर्सदमा रहेका प्रचण्ड पनि नयाँ वर्षको अवसरमा आफ्नो रुची अनुसार मासु पकाउन जुटेका हुन् खुमलटार निवासको कौसीमा।

Prachanda2

लकडाउन नभएको भए विभिन्न कार्यक्रम, बैठक र छलफलमा व्यस्त हुन्थे प्रचण्ड। कतै निस्कन नपाएपछि परिवारलाई किचनमा सहयोग गर्न उनी अग्रसर भएका हुन्।

अहिलेको फुर्सदको समय प्रचण्डले पुस्तक अध्ययन, बिरामी अवस्थामा रहेकी श्रीमती सीता दाहाललाई हिंडाउने लगायतका सहयोग र परिवारसँग समय बिताउने गरेको परिवारका एक सदस्यले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .