राजनीति


ओलीलाई भेटेपछि विद्याले भनिन् : सदस्यता नवीकरण भइसक्यो, यसबारे आज कुरा भएन

ओलीलाई भेटेपछि विद्याले भनिन् : सदस्यता नवीकरण भइसक्यो, यसबारे आज कुरा भएन

तस्बिरः प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
साउन ४, २०८२ आइतबार १८:९, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको भेटवार्ता सकिएको छ। अपराह्न ४ बजेबाट सुरु भएको दुई नेताको छलफल डेढ घण्टा चलेको थियो। 

भेटपछि एमाले पार्टी कार्यालय च्यासलबाट बाहिरिनेक्रममा भण्डारीलाई पत्रकारहरूले सदस्यताको विषयमा प्रश्न सोधेका थिए। 

जवाफमा उनले 'सदस्यता नवीकरण भइसक्यो। यो पुरानो विषय हो' भनेकी थिइन्।  उनले आजको छलफल सौहार्दपूर्ण भएको र छलफलमा सदस्यता नवीकरणको विषयमा नभएको गरिन्। 

'आज सदस्यता नवीकरणको विषयमा कुरा भएन' उनले  गरिन्।  त्यसो भए के कुरा भयो त भन्ने प्रश्नमा भनिन्, 'आज राष्ट्रिय राजनीतिको विषयमा कुराकानी भयो।'

छलफलपछि पार्टी कार्यालयबाट निस्किँदै गर्दा दुवैजना खुसी देखिन्थे।

भिडिओ:

उनीहरूको एक्लाएक्लै वार्तामा सहभागी नभएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरल पनि सँगै निस्किएका थिए। उनीहरुको अनुहारमा पनि खुसी झल्किएको देखिन्थ्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad