नेकपा एमालेको पोलिटब्युरो बैठकअन्तर्गत आज (शनिबार) दोस्रो दिनको छलफल सुरु भएको छ।
बैठक एमाले केन्द्रीय कार्यालय (च्यासल) मा केही बेरअघि सुरु भएको हो।
बिहान ११ बजे सुरु गर्ने भनिए पनि साढे ११ बजेपछि बैठक थालनी गरिएको हो।

बैठकमा पहिलो दिन शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठनिक प्रस्ताव पेस गरेका छन्।
विधान संशोधन प्रस्तावमा शुक्रबार ७ नेताले धारणा राखेका छन। अब आज बाँकी नेताले यस विषयमा विचार राख्नेछन्।

७० वर्षे उमेरहद र दुई कार्यकालभन्दा बढी दोहोरिन नपाउने व्यवस्था विधानबाट हटाउने विषयमा सचिवालयमा जस्तै पोलिटब्युरो बैठकमा पनि नेताहरूबीच चर्काचर्की परिरहेको छ।

120
Shares

प्रतिक्रिया