नेकपा एमालेको जारी पोलिटब्युरो बैठक आजै (शनिबार) सक्ने तयारी गरिएको छ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा बैठक दोस्रो दिन चलिरहँदा पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बैठक आजै सकाउने तयारी रहेको जानकारी दिएका हुन्।

उनका अनुसार पार्टीको विधान संशोधन प्रस्तावमा अहिलेसम्म ६ नेताले धारणा राखिसके।
‘अहिलेसम्म ६ जनाले बोलिसके’, उनले भने, ‘आजै बैठक सकाउने तयारी छ।’
बैठकको पहिलो दिन शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठनिक प्रस्ताव पेस गरेका छन्।

खासगरी बैठकमा ७० वर्षे उमेरहद र दुई कार्यकालभन्दा बढी दोहोरिन नपाउने व्यवस्था विधानबाट हटाउने सचिवालयको निर्णयबारे तीव्र बहस भइरहेको छ।
222
Shares

प्रतिक्रिया