राजनीति


मधेसी भएकाले राजकुमारलाई राजीनामा दिन बाध्य पारियो, बलरामले दिनुपर्दैन: उपेन्द्र यादव

मधेसी भएकाले राजकुमारलाई राजीनामा दिन बाध्य पारियो, बलरामले दिनुपर्दैन: उपेन्द्र यादव

नेपालखबर
साउन १, २०८२ बिहिबार १४:५२, काठमाडौँ

जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘बा’को संज्ञा दिँदै उनको राज रहुञ्जेल सगोत्रीहरूलाई जे गर्न पनि छुट भएको टिप्पणी गरेका छन्।

समाजिक सञ्जालमार्फत आफ्ना भनाइ सार्वजनिक गर्दै उनले घुस डिल प्रकरणमा मुछिएका राजकुमार गुप्ता मधेसी भएका कारण राजीनामा दिन बाध्य पारिएको समेत दाबी गरेका छन्।

‘ढुक्क हुनुस्, भूमि मन्त्री बलराम अधिकारीले राजीनामा दिनु पर्दैन,’ यादवले लेखेका छन्, ‘बालुवाटार र च्यासलको शीरमा ‘बा’ को राज रहुञ्जेल उनका सगोत्री पार्टनरहरुलाई जो गर्न पनि छूट छ।’ 

उनले अगाडि भनेका छन्, ‘सामान्य प्रशासन मन्त्री पदबाट भर्खरै राजीनामा दिएका राजकुमार गुप्ता मधेश मूलका थिए, र उनलाई राजीनामा दिन बाध्य पारियो। बिचौलिया, कमिशनखोर र भ्रष्टाचारीहरुका संरक्षक शिरोमणि ‘बा’ का उनी सगोत्री भएको भए अझै ठूलो काण्ड गरेनी ‘बा’ को शिरमा विराजमान भइरहन्थे।’ 

बलराम अधिकारीको ठाउँमा कुनै मधेसी, थारु, दलित वा जनजाति समुदायको व्यक्ति मन्त्री भएको भए राजीनामाको फरमान जारी भइसक्ने उनको भनाइ छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad