राजनीति


ओली सरकारले राष्ट्रियसभामा गुमायो बहुमत

ओली सरकारले राष्ट्रियसभामा गुमायो बहुमत

नेपालखबर
असार ३२, २०८२ बुधबार १७:२१, काठमाडौँ

नेपाली कांग्रेस-नेकपा एमालेसहितको वर्तमान गठबन्धन सरकारको बहुमत राष्ट्रिय सभाबाट गुमेको छ। राष्ट्रिय सभामा ३ सांसद रहेको जनता समाजवादी पार्टी, नेपालले आज बुधबार समर्थन फिर्ता लिएसँगै सत्तापक्षले राष्ट्रिय सभाबाट बहुमत गुमाएको हो। 

५९ सदस्यीय राष्ट्रियसभामा बहुमत हुनका लागि ३० सदस्य आवश्यक पर्छ।  तर, जसपा नेपालले समर्थन फिर्ता लिएसँगै केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ।

राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबाट  अध्यक्षसहित  १८, नेकपा एकीकृत समाजवादी पार्टीका ८ सदस्य छन्। मनोनीत कोटाबाट नियुक्त भएका वामदेव गौतम पनि हालै एकीकृत समाजवादीमा खुलेका छन्। योसँगै राष्ट्रियसभामा एकीकृत समाजवादीको सदस्य संख्या ९ पुगेको छ। 

१ सदस्य रहेको राष्ट्रिय जनमोर्चा पनि प्रतिपक्षमै छ।  अब प्रतिपक्षमा ३१ र नेपाली कांग्रेसबाट १६, नेकपा एमालेबाट १० र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ र १ मनोनित गरी २८ जना सदस्य रहेका छन्।    

राष्ट्रिय सभामा सत्तापक्ष अल्पमतमा परेसँगै प्रतिनिधिसभाबाट पास भएर गएका र राष्ट्रिय सभामा उत्पत्ति भएका विधेयकहरू पास हुन कठिन हुनेछ। केही महत्त्वपूर्ण विधेयकहरू अलपत्र पर्ने देखिन्छ। यद्यपि सरकारले अध्यादेशमार्फत कारबाही अघि बढाउन भने सक्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad