राजनीति


मदन भण्डारीको हीरक जयन्ती मनाउन गठन गरियो समिति, संयोजक बने डोरमणि

मदन भण्डारीको हीरक जयन्ती मनाउन गठन गरियो समिति, संयोजक बने डोरमणि

नेपालखबर
असार ३१, २०८२ मंगलबार १६:४१, काठमाडौँ

 नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७५औं जन्म जयन्ती मनाउन मूल समारोह समिति गठन गरिएको छ। उक्त समितिको संयोजकमा बागमती प्रदेश सरकारमा पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा समिति गठन गरिएको हो। 

मदन भण्डारी फाउन्डेसनले जन्म जयन्ती मनाउने विषयमा जानकारी दिन आयोजना गरेको कार्यक्रममा यसबारे जानकारी दिइएको हो।  

जन्म जयन्ती मनाउन विभिन्न कार्यक्रमहरू ०८२-०८३ भर गरिने बताइएको छ। त्यस्तै ०८४ मा भने जन्म जयन्ती कार्यक्रमको समीक्षासहित अन्त्य गरिने भनिएको छ।  

मूल आ‍योजक समितिमा अहिले ७५ सदस्य रहेको र पछि थप गरिने पनि बताइएको छ। त्यस्तै सल्लाहकार समिति पनि छिटै गठन गरिने भनिएको छ। 
  

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad