नेपाल कम्युनिष्ट पार्टीकी सांसद पम्फा भुसालले राज्य श्रोतबाट सञ्चालित पितृसत्तावादी संस्थाहरु खारेज गर्न माग गरेकी छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै उनले राज्य सञ्चालनको नयाँ व्यवस्था आईसक्दा पनि अझै पनि मुलुकमा पितृसत्तावादी र सामन्ती परिपाटी विद्यमान रहेको भन्दै सैनिक श्रीमती संघ, नेपाल प्रहरी श्रीमती संघ, प्रहरी परिवार श्रीमती संघ, निजामति कर्मचारी श्रीमती संघ जस्ता श्रीमान्को हैसियतको आधारमा बनेका संस्थाहरु खारेज गर्न माग गरेकी हुन्।
उनले भनिन्, ‘श्रीमानका आधारमा श्रीमतीले सुविधा लिने। परिवारका नाममा परिवारका सदस्यले सुविधा लिने व्यवस्थाको हामीले अन्त्य गरेका हौँ। राष्ट्रप्रमुख, शासन प्रमुखसँग सम्बन्ध गाँसे वापत महारानी हुने, उनका छोरा छोरीहरु युवराज युवराज्ञी हुने र नागरिक भन्दा माथि हुने व्यवस्थाको हामीले अन्त्य गरेका छौँ। तर अहिले पनि यो देशमा महत्वपुर्ण निकायहरुमा त्यो परिपाटी विद्यमान छ। म त्यसको अन्त्य गरियोस् भन्ने चाहन्छु।’
उनले गणतन्त्रसँग मेल नखाने राज्यकै बजेटबाट सञ्चालन भईरहेका संघ संस्थाहरु तत्काल खारेज गर्नुपर्ने माग गरिन्।
Shares

प्रतिक्रिया