साधारण सेयर बिक्री गर्नेक्रम बढिरहेका बेला आजदेखि आँधिखोला लघुवित्त वित्तीय संस्थाको पनि सेयर बिक्री सुरु भएको छ।
सो संस्थाको कूल चार लाख कित्ता साधारण सेयर बिक्री सुरु भएको हो। बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार कूल चार लाख कित्ता साधारण सेयरमध्ये पाँच हजार कित्ता शेयर कम्पनीका कर्मचारी र २० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ। बाँकी रहेको तीन लाख ७५ हजार कित्ता सेयरमा सर्वसाधारणले लगानी गर्न सक्नेछन्।
उक्त संस्थाको शेयरमा आजदेखि यही असार २५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी साउन २० गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
शेयरमा लगानीकर्ताले एनआइबिएल एस क्यापिटल लाजिम्पाट, आँधिखोला लघुवित्त वित्तीय संस्था र सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामा आवेदन दिन सकिने व्यवस्था गरिएको छ। संस्थाको सेयरलाई इक्रा नेपालले गरेको रेटिङमा औशत अवस्था देखाउने ग्रेड चार उपलब्ध गराइएको छ। त्यस्तै शुक्रबारदेखि कञ्चनपुरको बेलौरीमा केन्द्रीय कार्यालय रहेको घोडाघोडी लघुवित्तको समेत साधारण सेयर बिक्री शुरु भएको छ। रासस

प्रतिक्रिया