राजनीति


मन्त्री गुप्ताले राजीनामा दिनु पार्टीका लागि हित हुन्छ: एमाले स्थायी कमिटी सदस्य भट्टराई

मन्त्री गुप्ताले राजीनामा दिनु पार्टीका लागि हित हुन्छ: एमाले स्थायी कमिटी सदस्य भट्टराई

एमाले स्थायी कमिटी सदस्य राजन भट्टराई र मन्त्री राजकुमार गुप्ताको फाइल तस्बिर


नेपालखबर
असार ३१, २०८२ मंगलबार ११:४, काठमाडौँ

सरकार नेतृत्वकर्ता दल नेकपा एमालेका स्थायी कमिटी सदस्य राजन भट्टराईले घुस ‘डिल’ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएर छानबिनमा सहयोग गर्दा सरकार, पार्टी र स्वयं उनका लागि हित हुने बताएका छन्।

कास्कीका तत्कालीन मालपोत कार्यालय प्रमुखको सरुवा थमौती र भूमि आयोग जिल्ला अध्यक्ष बनाइदिने भनी ७८ लाखको घुस मागेको अडिओ सार्वजनिक भएपछि मन्त्री गुप्ता विवादमा परेका छन्। एमालेबाटै मन्त्री बनेका उनले राजीनामा दिनुपर्ने माग पार्टीभित्रै भइरहेको छ।

तर एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सोमबार साँझ मात्र तिनै विवादित मन्त्री गुप्तालाई मन्त्रिपरिषद् बैठकमा सहभागी गराएका छन्। 

त्यसको भोलिपल्ट मंगलबार एमाले स्थायी कमिटी सदस्य भट्टराईले गुप्ताले मन्त्री पदबाट राजीनामा दिनु ठिक हुने धारणा राखेका हुन्। 

एमालेका बागमती इन्चार्जसमेत रहेका भट्टराईले फेसबुकमा लेखेका छन्, ‘संघीय मामिलामन्त्रीज्यूले पदमुक्त भएर छानबिनका लागि आफू तयार रहेको छु भन्दा नै सरकार, पार्टी र उहाँ स्वयंलाई हित हुने देखिन्छ।’

तर उनै मन्त्री गुप्ताले आज राष्ट्रिय सभामा निजामती सेवा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad