राजनीति


मन्त्री गुप्ताले राष्ट्रिय सभामा निजामती विधेयक पेस गर्ने

मन्त्री गुप्ताले राष्ट्रिय सभामा निजामती विधेयक पेस गर्ने

फाइल तस्बिर


नेपालखबर
असार ३१, २०८२ मंगलबार १०:४६, काठमाडौँ

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले निजामती सेवा विधेयक राष्ट्रिय सभामा पेस गर्दै छन्।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा मन्त्री गुप्ताले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त निजामती सेवा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।

राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित प्रतिवेदनविपरीत कुलिङ अफ पिरियड निष्क्रिय बनाउने खालका प्रावधान राखेर प्रतिनिधि सभाबाट यो विधेयक पारित भएको छ। विवादकै बीच उक्त प्रावधानमा कुनै हेरफेर नगरी राष्ट्रिय सभामा पठाइएको छ।

राष्ट्रिय सभाको बैठक मंगलबार दिउँसो सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । 

यस्तै मंगलबारकै राष्ट्रिय सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad