राजनीति


रास्वपाको प्रश्न: प्रधानमन्त्रीलाई भ्रष्टाचारी र मानव तस्करलाई संरक्षण गर्ने अधिकार कसले दियो?

रास्वपाको प्रश्न: प्रधानमन्त्रीलाई भ्रष्टाचारी र मानव तस्करलाई संरक्षण गर्ने अधिकार कसले दियो?

नेपालखबर
असार ३०, २०८२ सोमबार १३:४७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी पार्टीका सांसद अशोककुमार चौधरीले सत्ता संरचना मानव तस्करी र भ्रष्टाचारमा संलग्नहरूलाई उन्मुक्ति दिने रक्षा कवच भएको आरोप लगाएका छन्। 

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद चौधरीले स्पेन प्रकरणले भिजिट भिसाको अपराध कति गहिरो र योजनावद्ध छ भन्ने कुराको पुष्टि भएको बताएका हुन्।  

उनले भ्रष्टाचार र मानव तस्करीको आकार बढ्दै गएको उल्लेख गर्दै सरकारी संयन्त्रको साँठगाँठबिना सम्भव नरहेको टिप्पणी गरे। सरकारको संरक्षणमा भ्रष्टाचार भइरहेको कुरा कास्की मालपोत कार्यालय र भूमि आयोगसम्बन्धीको अडिओले पुष्टि गरिसकेको उनको दाबी छ। 

‘के सत्ता संरचना मानव तस्करी र भ्रष्टाचारमा संलग्नहरूलाई उन्मुक्ति दिने रक्षा कवच हो? वा सिर्जित समस्या हो? यो प्रश्न अब जनताले सोध्न थालेका छन्। मानव तस्करीविरुद्ध हामीले यस सदनमा विगत ४७ दिनदेखि आवाज उठाउँदै आएका छौँ,' उनले भने, 'यो विषय अब सडकमा छ, नागरिक समाजमा छ र स्पेनको सोभियामा भएको पछिल्लो घटनाले अझ यो अपराध कति गहिरो र योजनावद्ध छ भन्ने प्रमाणित गरिरहे्को छ। भ्रष्टाचार र मानव तस्करी यति ठूलो आकारमा सरकारी संयन्त्रको साँठगाँठबिना सम्भव हुँदैन। यसलाई कास्की मालपोत कार्यालय र भूमि आयोगबीचको घुस डिलले पनि प्रमाणीत गर्छ।'

यस विषयमा कर्तव्यच्यूत भएर पदमा बस्नु नैतिकताको अपमान भएको उनको भनाइ छ। 

'निर्दोष जनतालाई जेल, भ्रष्ट मन्त्रीलाई कुर्सी यो अन्याय होइन र? घुस डिल र मानव तस्करलाई संरक्षण गर्ने अधिकार प्रधानमन्त्रीलाई कसले दियो? सदनले यसको जवाफ मागिरहेको छ,' उनले भने, 'संघीय मामिलामन्त्री, भूमिमन्त्री र गृहमन्त्रीमाथि लागेको आरोपको किन छानबिन गरिएको छैन? यदी उनीहरू संविधानमाथि छैनन् भने तुरुन्तै कारबाही गरियोस्।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad