पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा फणिराज पाठकले पूर्वराजालाई ‘श्री ५ महाराजाधिराज’ सम्बोधन गरी लेखेका विज्ञप्तिहरू आफ्नो फेसबुकबाट हटाएका छन्।
उनले आफ्नो फेसबुक वालमा रहेका विज्ञप्तिहरू हटाएर निजी तस्बिरहरू मात्र राखेका छन्।
शुक्रबार मात्र प्रहरीले उनलाई अनधिकृत रूपमा पूर्वराजालाई ‘श्री ५ महाराजाधिराज’ भनी विज्ञप्ति निकालेको, सामाजिक सञ्जालमा लेखेको लगायतका विषयमा सोधपुछ गरेको थियो।
बिहानै नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर, काठमाडौँले दिनभर सोधपुछ गरेको थियो। प्रहरीले आयन्दा यसखाले गल्ती नगर्ने वाचासहितको कागज गराएर राति ८ बजेपछि मात्र उनलाई परिवारको जिम्मा लगाएको थियो।
ज्ञानेन्द्र शाहलाई अबदेखि श्री ५ महाराजाधिराज नभन्ने, महाराजाधिराज भनेर फेसबुकमा भएका पोस्ट हटाउने, आयन्दा पोस्ट पनि नगर्ने, विज्ञप्ति निकाल्दा पनि यी कुरा उल्लेख नगर्ने कागज गराएर उनलाई परिवारको जिम्मा लगाइएको परिसरका प्रवक्ता अपिलराज बोहराको भनाइ छ।
पाठकले शाहलाई नेपालको संविधानले नचिनेको ‘श्री ५ महाराजाधिराज’ भनी सम्बोधन गर्दै विभिन्न विज्ञप्ति र पोस्टहरू सार्वजनिक गर्ने गरेका थिए।
अबदेखि ज्ञानेन्द्र शाहलाई 'श्री ५' नलेख्ने कागज गरेर छुटे संवाद सचिव फणिराज
Shares

प्रतिक्रिया