राजनीति


अनियमितताको ढाकछोप गर्नु सरकारको नियमित काम जस्तै भइसक्यो : सांसद बस्नेत

अनियमितताको ढाकछोप गर्नु सरकारको नियमित काम जस्तै भइसक्यो : सांसद बस्नेत

फाइल तस्बिर


नेपालखबर
असार २९, २०८२ आइतबार १४:८, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले अनियमितताको ढाकछोप गर्नु सरकारको नियमित कार्य जस्तै भएको आरोप लगाएका छन्।

आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले वर्तमान सरकार ठूलो हुंकारसहित गठन भएको एक वर्ष समेत पूरा गरिसकेको अवस्थामा संविधान संशोधनको चर्चा समेत हुनै छोडिसकेको बताए।

‘निकै ठूलो हुंकारसहित गठन भएको सरकार एक वर्ष पूरा गरेको छ,’ बस्नेतले भने, ‘यस बीचमा संविधान संशोधनको चर्चा त हुनै छोडिसक्यो। सरकार आर्थिक विकास र यसको मोडलको बारेमा त सबै उदांगो भइसक्यो। अनियमितताको ढाकछोप गर्नु सरकारको नियमित कार्य जस्तै भएको छ। जनसरोकारका विषयहरुमा सरकार बेखबर बन्दै गएको छ।’

उलने थपे, ‘सरकार राज्यका सबै अंगहरुलाई आफ्नो प्रभावमा पारेर आफ्नो स्वेच्छाचारी कदमहरुलाई ढाकछोप र पुष्टि गर्ने कसरत गरिरहेको छ।’

सांसद बस्नेतले सरकार विपद्को पूर्वतयारीप्रति बेखबर रहेको आरोप लगाए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad