राजनीति


प्रचण्ड र बादलसँगको तस्बिर राख्दै बाबुरामले भने: प्रचण्डकै ढुलमुले नीतिले हामी चुक्यौँ

प्रचण्ड र बादलसँगको तस्बिर राख्दै बाबुरामले भने: प्रचण्डकै ढुलमुले नीतिले हामी चुक्यौँ

नेपालखबर
असार २७, २०८२ शुक्रबार १५:३७, काठमाडौँ

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले पूर्वमाओवादी घटकहरू एक ठाउँमा हुनुपर्ने बताएका छन्। माओवादी आन्दोलन सफल भएको दाबी गर्दै भट्टराईले नेताहरू फुटेकाले आन्दोलन कमजोर भएको र फेरि एक भए ठीक हुने निष्कर्ष निकाल्दै गरिने टिप्पणीलाई सकारात्मक रुपमा लिनुपर्ने बताएका हुन्।  

'माओवादी आन्दोलनसँग जोडिएका तर अहिले विभिन्न धारमा छरिएका साथीहरूबीच एउटा सोँच पछिल्लो चरणमा निकै झाँगिदै गएको प्रतीत हुन्छ- 'नेताहरू फुटेकाले  आन्दोलन कमजोर भयो। त्यसैले सबै जना फेरि एकजुट हुनसके सबैथोक ठीक हुन्छ।' यो एकदम पवित्र तर बालसुलभ बुझाइ र सोंच हो,' उनले भने, 'यसबारे तथ्य र तर्कसहित प्रष्ट पार्न ठूलै ठेली आवश्यक पर्छ। जुन समयक्रममा हुँदै जाला।'

भट्टराईले नेपालको माओवादी आन्दोलन सफल कि असफल?, माओवादी आन्दोलनलाई अब कसरी पुनर्गठित गर्ने?, तत्कालीन माओवादीमा कहाँ कहाँ गलत भयो भन्ने प्रश्न र जवाफ उल्लेख गरेका छन्।  

'राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति र शक्ति सन्तुलनको ठीक मूल्यांकन गरेर शान्तिप्रक्रियामा आइसकेपछि पनि मुख्य नेतृत्वमा रहेका प्रचण्डको पटकपटकको ढुलमुले र मौकापरस्त अडान र नीतिले गर्दा आन्दोलनमा सम्भावित थप उपलब्धि हासिल गर्न हामी चुक्यौँ,' उनले भने, 'पहिलो, २०६४ श्रावणको काठमाडौँ बालाजु भेला/बैठकमा प्रचण्डले प्रयोग गरेको र पार्टीभित्र जिब्रोमा गडेको 'मुखमा संविधानसभाको निर्वाचन, मनमा सशस्त्र विद्रोह'को दोधारे कुराले पार्टीमा तलसम्म गहीरो विभाजन ल्यायो, जनसमुदायमा समेत भ्रम छर्यो र पार्टीलाई पछिसम्म अपूरणीय क्षति पुर्‍यायो।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad