राजनीति


माधव नेपाल र वामदेव गौतमबीच पार्टी एकता गर्ने लिखित सहमति

माधव नेपाल र वामदेव गौतमबीच पार्टी एकता गर्ने लिखित सहमति

फाइल तस्बिर: माधव नेपाल र वामदेव गौतम


नेपालखबर
असार २७, २०८२ शुक्रबार १२:३२, काठमाडौँ

वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान र नेकपा एकीकृत समाजवादीबीच एकता गर्ने सहमति भएको छ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र अभियानका अध्यक्ष गौतमबीच शुक्रबार बिहान पार्टी एकता गर्ने लिखित सहमति भएको हो।

पार्टी एकता घोषणा आउने साउन २ गते राष्ट्रिय सभागृहमा गरिने सहमतिपत्रमा उल्लेख छ। 

सहमतिपत्रमा भनिएको छ, 'नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानकर अध्यक्ष वामदेव गौतमसहितका नेताहरूबीच छलफल हुँदा राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीती र कार्यदिशामा एकरुपता रहेको र नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नु पर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै नेकपा एकता राष्ट्रिय अभियान नेकपा (एकीकृत समाजवादी) मा एकतावद्ध हुने सहमति गरियो।'

स्मरण रहोस्, नेकपा एकीकृत समाजवादी एमालेबाट फुटेर बनेको पार्टी हो भने गौतम पनि एमालेकै पूर्वउपाध्यक्ष हुन्। 

हेर्नुहोस् सहमति:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad