राजनीति


लटरपटर नगरौँ, भूमि विधेयक कार्यसूचीबाट हटाइयोस्: विश्वप्रकाश शर्मा

लटरपटर नगरौँ, भूमि विधेयक कार्यसूचीबाट हटाइयोस्: विश्वप्रकाश शर्मा

नेपालखबर
असार २५, २०८२ बुधबार ८:३३, काठमाडौँ

सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक’ आज असार २५ गते बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूचीबाट हटाउन माग गरेका छन्। 

पर्याप्त गृहकार्य नै नगरी उक्त विधेयक सोझै संसद्‌बाट पास गर्ने तयारी भइरहेकाले यसमा आफ्नो विमति रहेको उनले बताएका छन्।

‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक´ स्वयंमा संशोधन गरेर सहमति जुटाउन जरुरी छ। पर्याप्त गृहकार्य नगरी सोझै पारित गर्नेगरी संसद्‌मा प्रस्तुत हुन लागेकोमा खुला विमति छ’, उनले बुधबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘लटरपटर´ नगरौँ, पूर्वसहमति खोजौँ कि समितिमा पठाऊँ। अन्यथा आजलाई कार्यसूचीबाट हटाइयोस्- भूमि विधेयक।’

आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ। सम्भावित कार्यसूचीमा ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक’ दफावार छलफलका लागि सदनमा प्रस्तुत गर्ने उल्लेख छ।

यसअघि ‘कुलिङ अफ पिरियड’मा फेला परेको किर्तेमा सांसदहरूले विधेयक नै नपढी पास गर्दा रहेछन् भनेर आलोचना भइरहेका बेला शर्माको उक्त माग आएको हो।  

हेर्नुहोस् आजको सम्भावित कार्यसूची:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad