कास्की प्रहरीले सवारी चालक अनुमतिपत्र लिने परीक्षामा अर्काको नाममा जाँच दिने परीक्षार्थीलाई पक्राउ गरेको छ।
कास्की प्रहरीका अनुसार यातायात व्यवस्था कार्यालय गण्डकीले सोमबार संचालन गरेको लिखित परीक्षामा कुमार भण्डारी नामक परीक्षार्थीको नाममा परीक्षा दिने बागलुङ नगरपालिका ५ अमलाचौर स्थायी घर भइ हाल पर्वतको कुश्मा बस्ने ३३ वर्षीय मोहम्मद रहिमलाई पक्राउ गरेको हो।
रहिम आवेदक नं ६८९६२२९ का परिक्षार्थी कुमार भण्डारीको नेपाली नागरिकताको प्रमाणपत्रमा आफ्नो फोटो टाँस टाँसेर जाँच दिँदै गर्दा पक्राउ परेका हुन्।
18
Shares

प्रतिक्रिया