प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्च अदालतका लागि नवनियुक्त ३ न्यायाधीशलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन्।
न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार उनीहरुलाई सर्वोच्चको न्यायाधीश नियुक्त गरेका थिए।
शपथग्रहणपश्चात आजैदेखि ३ न्यायाधीशले कार्यभार सम्हालेका छन्।
यसैबीच, प्रधानन्यायाधीश राउतले नवनियुक्त न्याय परिषद् सदस्य महेशकुमार नेपाललाई पनि पद तथा गोपनीयताको शपथग्रहण गराए।
परिषद्को अध्यक्षको हैसियतले प्रधानन्यायाधीशले न्याय परिषद्का सदस्य नेपाललाई शपथग्रहण गराएका हुन्।रासस
162
Shares

प्रतिक्रिया