संविधान संशोधनको खाका तयार पार्न कांग्रेसले कार्यदल बनाउने निर्णय गरेको छ। पार्टीको केन्द्रीय समिति बैठकले संविधान संशोधनका लागि पार्टीभित्रै कार्यदल गठन गर्ने निर्णय गरेको हो।
'नेपाली कांग्रेसको असार १६ देखि २३ गतेसम्म भएको केन्द्रीय समिति बैठकले नेपाली कांग्रेसको नेतृत्वमा बनेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयनको एक दशकको समीक्षा गर्दै यसका सवल पक्ष र दुर्वल पक्षको पहिचान गर्दै संविधानमा आवश्यक संशोधनलाई सार्थक निष्कर्षमा पुग्न आन्तरिक कार्यदल गठन गर्दछ,' महामन्त्री शर्माले निर्णय सुनाउँदै भने।
त्यस्तै कांग्रेसले यसका लागि संविधान निर्माणमा संलग्न दलहरूसँग सहकार्य गर्ने र सरोकारवालासँग परामर्श लिने निर्णय पनि गरेको छ।
शर्माले निर्णयबारे थप भने, 'संविधान संशोधनका लागि नेपाली कांग्रेस संविधान निर्माणमा संलग्न दलहरूसँग सहकार्य गर्दछ र नागरिक समाज र सरोकारवालाहरूसँग पनि परामर्श गर्नेछ।'
Shares

प्रतिक्रिया