ग्लोबल


बिहारमा बोक्सी भएको आरोपमा एकै परिवारका ५ जनालाई जिउँदै जलाइयो

बिहारमा बोक्सी भएको आरोपमा एकै परिवारका ५ जनालाई जिउँदै जलाइयो

घटनास्थलमा प्रहरी


नेपालखबर
असार २३, २०८२ सोमबार २०:४५, काठमाडौँ

भारतीय राज्य बिहारको पूर्णियामा बोक्सी भएको आरोपमा एकै परिवारका ५ जनाको निर्मम हत्या गरिएको छ।

मृतकमा तीन महिला र दुई पुरुष छन्। घटनापछि गाउँमा शोक छाएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार गाउँका मानिसले बाबुलाल ओराँवकी आमालाई बोक्सी भएको आरोप लगाई परिवारै मारेका हुन्। 

पहिले उनीहरूलाई कुटपिट गरियो र पछि जिउँदै जलाइो।

निर्मम हत्यापछि मृतकहरूको शव कुनै सुनसान ठाउँमा गाडिएको थियो।

प्रहरीका अनुसार मुफस्सिल प्रहरी चौकी क्षेत्रको राजीगन्ज पञ्चायतको तेटगामा-१० मा उक्त दर्दनाक घटना भएको हो।

घटनापछि प्रहरीले दुई जनालाई हिरासतमा लिएको छ र सोधपुछ भइरहेको छ।

मृतकहरूमा सीता देवी (४८ वर्ष), बाबुलाल ओराँव (५० वर्ष), कातो देवी (६५ वर्ष), मनजित ओराँव (२५ वर्ष) र रानी देवी (२३ वर्ष) छन्।

२०० जनाको अगाडि घटना
मृतक महिलाका छोरा सोनुका अनुसार गाउँका केही मानिसले उनकी हजुरआमाले कालो जादू गर्ने गरेको शंका गरेका थिए।

आइतबार राति गाउँका प्रमुख नकुल ओराओनको नेतृत्वमा एक बैठक बोलाइयो, जसमा हजुरआमालाई बोक्सी भएको आरोप लगाइयो। गाउँका करिब २०० जना बैठकमा उपस्थित थिए। यस क्रममा कातो देवीलाई बोक्सी भएको आरोप लगाउँदै परिवारका अन्य सदस्यलाई पनि बोलाइयो।

सोनुले भागेर जोगाए ज्यान 
गाउँलेहरूले सोनुकी हजुरआमाको सहयोगको याचना सुनेनन् र परिवारका सबै सदस्यलाई कुटपिट गर्न थाले।

पहिले सबैलाई लाठीले निर्ममतापूर्वक कुटपिट गरियो। त्यसपछि परिवारका सबै सदस्यलाई पेट्रोल छर्केर जिउँदै जलाइयो। सबैको मृत्यु भएपछि शव ट्याक्टरमा लगेर सुनसान ठाउँमा फालियो।

सोनुले भागेर ज्यान जोगाए। यसपछि सोनुले नै घटनाबारे प्रहरीलाई जानकारी गराए। जसका आधारमा प्रहरीले ट्याक्टर चालक र गाउँका मुखिया नकुल ओराँवलाई पक्राउ गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad