राजनीति


स्पेन भ्रमणबारे प्रधानमन्त्रीले गराए संसद्लाई जानकारी, भने- अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि बढ्यो

स्पेन भ्रमणबारे प्रधानमन्त्रीले गराए संसद्लाई जानकारी, भने- अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि बढ्यो

नेपालखबर
असार २३, २०८२ सोमबार १५:६, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेनको भ्रमणबारे संसद्लाई जानकारी दिएका छन्। सोमबार प्रतिनिधिसभालाई यसबारे जानकारी गराउँदै नेपाल अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छवि बढेको बताएका छन्। 

‘झण्डै ५० देशका सरकार तथा राष्ट्र प्रमुख तथा संयुक्त राष्ट्रसंघका प्रमुख लगायतको सहभागीता रहेको सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा नेपालको सक्रिय उपस्थितिले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि अविवृद्धि भएको छ,’ ओलीले भने।

सम्मेलनमा नेपालको हित र आवाज मुखरित गरेको समेत प्रधानमन्त्रीको भनाइ छ। ओलीले भने, ‘वास्तवमा यस पटकको भ्रमणले नेपालको हित, नेपालको पहिचान र नेपालको आवाज। त्यो मात्रै होइन, हामीले आफू जस्ता भूपरिवेष्ठित, अल्पविकसित राष्ट्रहरुको समेत आवाजलाई त्यहाँ मुखरित गर्ने काम गरेका छौँ।’

त्यस्तै नेपाल अन्तर्राष्ट्रिय समुदायमा एक जिम्मेवार र सक्षम मुलुक सावित भएको समेत उनको भनाइ छ। ‘विकास वित्तसम्बन्धी अपेक्षा, औपचारिक र अनौपचारिक विकास सहयोगका साथै जलवायु वित्तमा पनि सहयोगका लागि आव्हान गरिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘विकास साझेदारीका प्राथमिकताहरु मुखरितका प्रयास गरिएको छ। नेपाल अन्तर्राष्ट्रिय समुदायमा एक जिम्मेवार र सक्षम मुलुक सावित भएको छ। आर्थिक कूटनीतिलाई अगाडि बढाउने र वैदेशिक लगानीवृद्धि हुने अपेक्षा गरिएको छ।’

सम्मेलनका अवसरमा अति कम विकसित राष्ट्रहरुको समूहको बैठकलाई अध्यक्षतासहित सम्बोधन, विभिन्न साइलाइड वार्ता र गोलमेच सम्मेलनमा आफ्नो नेतृत्व, वकालत प्रतिबद्धताबारे सदनलाई प्रधानमन्त्री ओलीले जानकारी गराए।

नेपालले ४४ वटा अतिकम विकसित मुलुकहरु रहेकामा नेपालले उक्त सम्मेलनका अवसरमा नेपालले ती मुलुकहरु सामु प्रभावकारी नेतृत्व गर्न सक्ने झल्को दिएको दाबी गरे।

सम्मेलनका अवसरमा प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री (स्पेन सरकारका अध्यक्ष) पोद्रो साञ्चेजबीच दुईपक्षीय भेटवार्ता भएको थियो।

प्रधानमन्त्री ओलीले स्पेनको सेभियामा आयोजना भएको संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउन असार १४ गते स्पेन प्रस्थान गरेका थिए। 

भ्रमण पूरागरि असार २० गते स्वदेश फर्किएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad