राजनीति


छानबिन समितिले प्रतिवेदन नबुझाएसम्म रामहरि समितिमा नजाने, गाडी आजै फिर्ता गर्ने

छानबिन समितिले प्रतिवेदन नबुझाएसम्म रामहरि समितिमा नजाने, गाडी आजै फिर्ता गर्ने

नेपालखबर
असार २३, २०८२ सोमबार १४:१४, काठमाडौँ

संघीय निजामती सेवा विधेयकमा 'कुलिङ पिरियड' को विषयमा भएको छलछामको छानबिन गर्न गठित संसदीय समितिले प्रतिवेदन नबुझाएसम्म प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा परामर्श समितिका सभापति रामहरि खतिवडाले समितिमा नजाने घोषणा गरेका छन्।

सभामुख देवराज घिमिरेले डाकेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा वडाले समिति गठन भएसँगै आफू केही दिन समितिमा नजाने र सभापति भएबापत पाएको गाडी सुविधा पनि छोड्ने बताएका हुन्। 

'म केही दिन समिति जान्न। आजै गाडी फिर्ता दिएर आफ्नै गाडी चढ्छु,' उनले भने, 'समितिले प्रतिवेदन नबुझाएसम्म आजदेखि मैले बैठकको नेतृत्व गर्दिनँ।' 

संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिमा नेपाली कांग्रेसका जीवन परियार र सुशीला थिङ, नेकपा एमालेका ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, नेकपा माओवादी केन्द्रका माधव सापकोटा, रास्वपाका गणेश पराजुली र राप्रपाकी रोशन कार्की छन्।  
 

निजामती विधेयकमा रहेको सेवा निवृत्त उच्च पदस्त कर्मचारीले २ वर्षपछि मात्रै सरकारी नियुक्ति लिन पाउने व्यवस्था रहेको प्रतिवेदन राज्यव्यवस्था तथा सुशासन समितिले पारित गरेको भए पनि प्रतिनिधिसभाको पूर्णसभाबाट पारित भएर आउँदा अर्कै विषय रहेको पाइएपछि विवाद भएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad