राजनीति


मानसरोवर जान आएका विदेशी पर्यटकको भिसा प्रक्रिया सरलीकृत गरिदिन सांसद खनालको आग्रह

मानसरोवर जान आएका विदेशी पर्यटकको भिसा प्रक्रिया सरलीकृत गरिदिन सांसद खनालको आग्रह

नेपालखबर
असार २२, २०८२ आइतबार १२:९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले मानसरोवर जानका लागि आएका विदेशी  पर्यटकहरुको भिसा प्रक्रिया सरलीकृत गर्न सरकारसँग माग गरेका छन्।

आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले अहिले मान सरोवरको सिजन भएको बताउँदै संसारभरबाट मान सरोवार जानका लागि नेपालमा मानिसहरु आइरहेको उल्लेख गरे।

चीनको भिसा प्रक्रियाको ढिलाइका कारण ३ हजार विदेशी पर्यटक नेपालमा अलपत्र रहेको भन्दै भिसा सरलीकृत गरिदिन खनालले सरकारसँग आग्रह गरे।

‘यतिबेला मानसरोवरको सिजन हो, संसारभरबाट मान सरोवार जानका लागि नेपालमा मानिस आइरहनुभएको छ,’ खनालले भने, ‘तर चीनको भिसा प्रक्रियाको डिले गर्दा दुईदेखि तीन हजार विदेशी नेपालका विभिन्न नाका काठमाडौँमा पनि ठूला ठूला होटलहरुमा ७०-८० जनाको समूह समूह नै एक हप्ता, डेढ हप्तादेखि अनिश्चितताको अवस्थामा बसिरहेको र यसले समग्रतामा नेपालकै पर्यटन सम्भावनाहरुलाई छेक्ने काम भएको छ। पहिला ४ दिनमा भिसा आउने रहेछ। अहिले १२ दिन भइसक्दा पनि भिसा आएको छैन। भिसा प्रक्रियाको सरलीकृत गर्न मन्त्रालयले के गर्नुपर्छ। तत्काल गर्नुपर्ने देखियो।’

सांसद खनालले मान सरोवरका लागि पहिला ४ दिनमा भिसा आउने गरे पनि अहिले १२ दिन बितिसक्दासमेत भिसा नआएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad