राजनीति


सहकारी ठगीका अभियुक्त रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्ने सई तानिए हेडक्वार्टर

सहकारी ठगीका अभियुक्त रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्ने सई तानिए हेडक्वार्टर

नेपालखबर
असार २०, २०८२ शुक्रबार १५:५६, काठमाडौँ

सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका ट्राफिक प्रहरी नायव निरीक्षक (सई) माथि छानबिन हुने भएको छ। 

ट्राफिक प्रहरी कार्यालय, नेपालगञ्जमा कार्यरत सई कमल खड्कालाई जिम्मेवारीबाट हटाएर छानबिनका लागि हेडक्वार्टर तानिएको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले जानकारी दिए। 

ड्युटीमा खटिएका सई खड्काले पनि कारागारमा रहेका अभियुक्तको पक्षमा सडकमै हस्ताक्षर गरेको फोटो सार्वजनिक भएको थियो। रुपन्देहीस्थित बुटवलको सुप्र‍िम सहकारी ठगीको अभियोगमा लागिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। 

जिल्ला अदालत रुपन्देहीबाट एक करोड धरौटीमा छुटेका लामिछाने उच्चको आदेशपछि कारागारमा छन्। सर्वोच्च अदालतले पनि उनलाई थुनामा पठाउने उच्च अदालतको आदेश सदर गरिसकेको छ। अब फैसला नहुन्जेल उनी कारागारमै बस्नुको विकल्प छैन। 

तर सर्वोच्च अदालतको समेत आदेशमा थुनामा रहेका सहकारी ठगीका अभियुक्तलाई प्रतिशोध भएको भन्दै रास्वपा सडकमा हस्ताक्षर अभियान चलाइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad