बागमती


हेटौँडाबाट काठमाडौँ जाँदै गरेको गाडी दुर्घटना हुँदा ५ जना घाइते, ३ को अवस्था गम्भीर

हेटौँडाबाट काठमाडौँ जाँदै गरेको गाडी दुर्घटना हुँदा ५ जना घाइते, ३ को अवस्था गम्भीर

नेपालखबर
असार २०, २०८२ शुक्रबार १६:१, हेटौँडा

हेटौँडाबाट काठमाडौँ जाँदै गरेको इभी गाडी दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।

शुक्रबार (आज) दिउँसो हेटौँडा–भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्ड अन्तर्गत पर्ने मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२, रातमाटे इभी गाडी दुर्घटनामा परेको मकवानपुर प्रहरीले जनाएको छ।

हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०५५१ नम्बरको ईभी गाडी अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको हो। 

दिउँसो १ बजे तिर भएको उक्त दुर्घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि काठमाडौँ पठाएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गाडी चालकसहित १० जना सवार थिए। तीमध्ये पाँच जना घाइते भएका छन्। घाइते तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूमा जिराभवानी गाउँपालिका–३, पर्सा बस्ने ३५ वर्षका चन्द्र सन्जु गौरे (दायाँ हात र कुममा चोट, अवस्था गम्भीर), भारत बिहार बस्ने ३९ वर्षका रिसाहद कुमार (दायाँ हात, कुम र ढाडमा गम्भीर चोट), ठेगाना नखुलेको उमा शंकर कुमार (हात र घाँटीमा चोट, अवस्था गम्भीर ), २७ वर्षका जताशंकर कुमार (गाला र निधारमा चोट, अवस्था सामान्य) र ५० वर्षका राकेश कुमार (टाउकोमा सामान्य चोट) रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक डीएसपी श्यामु अर्यालले जानकारी दिए। 

उनका अनुसार गाडीका चालक पर्साको परमानीपुर गाउँपालिका–२ निवासी २२ वर्षीय राजाराम साह हाल प्रहरी नियन्त्रणमा रहेका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा यात्रुहरूले गाडीको तीव्र गति र घुम्तीमा ब्रेक हानेपछि टायर चिप्लिएको जानकारी दिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad