राजनीति


निजामती विधेयकमा खसीको टाउको देखाएर कुकुरको मासु बेचेको जस्तो भयो : प्रचण्ड

निजामती विधेयकमा खसीको टाउको देखाएर कुकुरको मासु बेचेको जस्तो भयो : प्रचण्ड

नेपालखबर
असार १९, २०८२ बिहिबार १७:३०, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल ‘प्रचण्ड’ संसदीय व्यवस्था ‘खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने’ प्रणाली भएको टिप्पणी गरेका छन्।

बिहीबार काठमाडौँमा समाजवादी दर्शनको रुपरेखा नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजामती विधेयकमा खसीको टाउको देखाइएको तर बेच्दा कुकुरको मासु बेचेको जस्तो रहेको टिप्पणी गरे।

‘संसदीय व्यवस्था भनेको खसीको टाउको झुन्ड्याउने र कुकुरको मासु बेच्ने सिस्टम हो भनेर खुब प्रचार गरिन्थ्यो,’ प्रचण्डले भने, ‘अहिले जे भइरहेको देखिन्छ, समितिका प्रतिवेदनहरुमाथि भएका छेडखानीहरु त्यो त्यस्तै हो। देखाउँदा खसीको टाउको देखाइएको छ लोकतन्त्र, बेच्दाखेरी कुकुरको मासु बेच्ने गरिएको छ भित्रभित्रै। त्यस्तै चिज चलिराखेकै छ।’

आफू सरकारमा रहँदा आफू प्रत्येक पटक समाजवादतर्फ नै लैजाने बल गरेको दाबी गर्दै उनले नेपालमा पूँजीवादी जनवादी क्रान्तिको प्रमुख कार्यभार पूरा भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad