कारोबार


चीनबाट कन्टेनरमा लोड गरेर ल्याइयो हेलिकप्टर

चीनबाट कन्टेनरमा लोड गरेर ल्याइयो हेलिकप्टर

नेपालखबर
असार १९, २०८२ बिहिबार १७:३०, काठमाडौँ

माउन्टेन हेलिकप्टर प्रालिले तातोपानी नाका हुँदै हेलिकप्टर ल्याएको छ। कम्पनीका महाप्रबन्धक दिलबहादुर वलीका अनुसार फ्रान्सको एयरबस कम्पनीमा निर्मित एयरबस बिथ्री हेलिकप्टर नेपाल भित्र्याइएको हो। 

चीनमा उडान भरिरहेको होलिकप्टर कम्पनीले खरिद गरेर चीनबाटै नेपाल ल्याएको जनाएको छ। हेलिकप्टरलाई ४० फिटे कन्टेनरमा लोड गरी ल्याइएको हो।

महाप्रबन्धक वलीले एक साताभित्र भन्सार प्रक्रिया र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृति लिएर उडानसेवामा ल्याइने जानकारी दिए। 

‘फ्रान्सबाट निर्मित चीनमा उडिरहेको हेलिकप्टर नेपाल ल्याइएको हो’, उनले भने।

नयाँ हेलिकप्टरसँगै कम्पनीसँग तीन हेलिकप्टर भएका छन्।

महाप्रबन्धक वलीले आकाशबाट उडाएर ल्याउदा झण्डै दशहजार किलोमिटरको यात्रा तय गर्नुपर्ने र निकै खर्चिलो पनि हुने भएकाले सडकमार्गबाटै ल्याइएको बताए।

कम्पनीले यसअघि एउटा हेलिकप्टर कलकत्ता बन्दरगाहबाट वीरगञ्ज हुँदै काठमाडौँ ल्याएको थियो। तातोपानी भन्सार नाका हुँदै पहिलोपटक हेलिकप्टर ल्याइएको हो। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad