राजनीति


कांग्रेस बैठकमा मोहन बस्नेतले भने: अख्तियार मविरुद्ध लाग्नुमा गगन थापाको हात छ

कांग्रेस बैठकमा मोहन बस्नेतले भने: अख्तियार मविरुद्ध लाग्नुमा गगन थापाको हात छ

नेपालखबर
असार १८, २०८२ बुधबार १७:१५, काठमाडौँ

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक तेस्रो दिन पनि जारी छ। जारी बैठकमा केन्द्रीय सदस्यहरूले आज पनि आफ्नो धारणा राखिरहेका छन्। आजको बैठकमा केन्द्रीय सदस्य मोहन बस्नेत धारणा राख्नेक्रममा महामन्त्री गगनकुमार थापाविरुद्ध खनिए। 

'महामन्त्री गगन थापा टेरामक्स प्ररणमा मविरुद्ध खुलेरै लाग्नुभयो। बाहिर पनि लाग्नुभयो, संसद्‌मै पनि लाग्नुभयो,' उनले भने, 'तपाईंकै कारणले मविरुद्ध अख्तियारले छानबिन गर्‍यो।'

उनले आक्रमक हुँदै थपे, 'मविरुद्ध लाग्ने तपाईं हैन? ढिलोछिटो पालो सबैको आउँछ। हेरौँला कोही चोखो हुने वाला छैन, सग्लै चोखिने वाला कोही छैन।' 
  
उनले पार्टीको नेतृत्व तहमा रहेका नेताहरू संगठन जोगाएर, पार्टीलाई जिताएर ल्याइरहने नेताविरुद्ध किन खनिन्छन् आफूले बुझ्न नसकेको पनि बताए। 

'जुन मान्छेले एक्लै लडेर सिन्धुपाल्चोकमा संगठन बनाएको छ। माओवादीसँग एक्लै भिडिरहेको छ त्यही नेतामाथि नेतृत्व खनिने?,' उनले भने, 'तपाईंले जति गरे पनि टेरामक्समा मेरो केही गल्ती छैन। तर मलाई धेरथोर बदनाम बनाउने काम भयो।'  

उनले पार्टीको अनुशासन आयोगको भूमिका माथि पनि प्रश्न उठाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad