राजनीति


शेखरलाई विनोद चौधरीको जवाफ- मलाई हराउन हृदयेश त्रिपाठीको बुथमा मान्छे खटाउने मान्छेले भोलि कांग्रेस हाँक्छ?

शेखरलाई विनोद चौधरीको जवाफ- मलाई हराउन हृदयेश त्रिपाठीको बुथमा मान्छे खटाउने मान्छेले भोलि कांग्रेस हाँक्छ?

नेपालखबर
असार १७, २०८२ मंगलबार १५:४५, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा शेखर कोइराला र अर्बपति नेता विनोध चौधरीबीच जारी केन्द्रीय समिति बैठकमा आरोपप्रत्यारोप चलेको छ। सोमबारको बैठकमा कोइरालाले चौधरीलाई केन्द्रीय सदस्य नियुक्तिको विषयमा प्रश्न उठाएका थिए। 

उनले भनेका थिए- विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यता थियो कि थिएन? त्यो हेरियो? क्रियाशीलको १० वर्षे अवधि पुग्थ्यो?

आज चौधरीले यसबारे कोइरालालाई जवाफ दिएका छन्। 'उहाँले हिजो प्रश्न उठाउनु भयो कि विनोद चौधरी जस्तो मान्छेलाई चार वर्ष अगाडि नीति नियम मिचेर केन्द्रीय समितिमा ल्याउनु गलत निर्णय थियो। मेरो पहिलो प्रश्न- पहिलो त म उहाँलाई जानकारी गराउन चाहन्छु कि त्यो सारा विधि कुराहरु पार्टीको नियम, अर्को पार्टीबाट आएको पृष्ठभूमि, त्यसको कानुनी परिपेक्ष पार्टीको कानुन विभागले गरेको त्यसको विश्लेषण र त्यसपछिको निर्णय निर्णय र त्यसपछि गएको कोर्ट र कोर्टले समेत गरेको निर्णय अनुसार भएको हो।'

उनले आफूलाई प्रतिनिधिसभाको निर्वाचनको बेलामा हराउन शेखरले मान्छे खटाएको पनि आरोप लगाए।
 

'घरघर गएर यो पार्टीको आधिकारिक उम्मेदवारको विरोधमा हृदय त्रिपाठीका लागि ठाउँ ठाउमा बुथबुथमा मान्छे राखिकन यस पार्टीका शीर्षस्थ नेताहरूलाई तथानाम गाली गरिकन हराउनका लागि हर प्रयास गर्ने लुम्बिनी प्रदेशको महामन्त्रीको पदमा आसिन भएर बस्ने मान्छेलाई बोकेर हिँड्ने नेताले यो पार्टीलाई हाक्ने हो भोलिको दिन? उनले शेखरलाई प्रश्न गरे।  

उनले सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै शेखरलाई गुटको राजनीतिको सीमा नाघेको भन्दै प्रश्न पनि गरे र कारबाहीको माग गरे। 

'म सभापतिलाई फेरि पनि आग्रह गर्न चाहन्छु- गुटको राजनीतिको पनि एउटा सिमा हुन्छ। यो अहिलेको कारबाही मात्र होइन,  यसपछि पनि सधैँ नै यस्ता किसिमका गतिविधिमा संलग्न हुने, पार्टीलाई नोक्सान पुर्‍याउने, पार्टीका आधिकारिक उम्मेदवारलाई नोक्सान पुर्‍याउने, आफ्ना जिम्मेवारीलाई पूरा अगाडि नबढाउने त्यस्ताका खिलाफमा उजुरीमात्रै हैन तत्काल कारबाही गर्ने वातावरण बनाउन सक्नुपर्दछ' उनको भनाइ थियो।  

उनले जेल नेल गएकोबाहेकले राजनीति गर्न नपाउने हो? भन्दै प्रश्न पनि गरे। उनले आफू अर्थतन्त्र बुझेको र उद्यमी व्यवसायी भएको भन्दै सोधे- कन्फलिक्ट अफ इन्ट्रेस्ट भनेको के हो? आज एउटा उद्यमी व्यवसायी र एउटा अर्थतन्त्र बुझेको मान्छे राजनीतिमा आउँँदा प्रश्न उठ्छ भने ढोका बन्द गरौँ। केन्द्रीय समितिले यो निर्णय गरोस्। कि यहाँ जेल र नेल खाएका मान्छेबाहेक अरुले राजनीती गर्न पाउँदैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad