राजनीति


रविमाथि अन्याय नहोस् भनेर लागिरहेको छु, रास्वपाले पछि बुझ्छः प्रचण्ड

रविमाथि अन्याय नहोस् भनेर लागिरहेको छु, रास्वपाले पछि बुझ्छः प्रचण्ड

फाइल फोटो


नेपालखबर
असार १०, २०८२ मंगलबार १६:५३, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका सभापति रवि लामिछानेमाथि अन्याय नहोस् भन्नका लागि आफूले अन्तिमसम्म प्रयास गरेको बताएका छन्।

सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

भिजिट भिसाबारे रास्वपाले असहमति जनायो तपाईंहरूले सहमति जनाउनुभएको हो भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले आफूले रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नका निम्ति अन्तिमसम्म प्रयास गरेको बताए। अझ पनि त्यही प्रयासमा आफू रहेको उनको भनाई थियो। 

रास्वपाका नेताहरूले यो कुरा पछि बुझ्ने उनको भनाइ छ। 

अध्यक्ष दाहालले भने, ‘अहिले पनि रास्वपालाई धरै भन्न चाहन्न। रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नका निम्ति मैले अन्तिमसम्म प्रयास गरेको हो। अझै गर्दैछु। रास्वपाका साथीहरूले पछि बुझ्नुहुन्छ।’

अध्यक्ष दाहालले बैठकमा सदनको अहिले भइरहेको परिस्थितिको बारेमा समीक्षा गरिएको पनि बताए। समाजवादी मोर्चालाई कसरी लैजाने र दुई पार्टीको सम्बन्धको बारेमा पनि सामान्य छलफल भएको बताए।

उनले भने, ‘सदनको अहिले भइरहेको परिस्थितिको बारेमा समीक्षा गरिएको छ। समाजवादी मोर्चालाई कसरी लैजाने र दुई पार्टीको सम्बन्धको बारेमा पनि सामान्य छलफल हो। गम्भीर विषयमा होइन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad