राजनीति


को-को छन् भिजिट भिसा प्रकरण छानबिन समितिमा? (नामावली)

को-को छन् भिजिट भिसा प्रकरण छानबिन समितिमा? (नामावली)

नेपालखबर
असार १०, २०८२ मंगलबार १२:३७, काठमाडौँ

सरकारले भिजिट भिसा प्रकरण छानबिनका लागि सोमबार गठन गरेको सात सदस्यीय उच्चस्तरीय छानबिन समितिको नामावली सार्वजनिक गरेको छ। 

गृहमन्त्री रमेश लेखकले मंगलबार प्रतिनिधि सभा बैठकमा छानबिन समितिमा रहेका सदस्यहरूबारे जानकारी दिएका हुन्।

उनका अनुसार शंकरदास वैरागीको अध्यक्षतामा गठित समितिमा अर्थ मन्त्रालयका सहसचिव तीर्थराज चिलुवाल सदस्य छन्।

अन्य सदस्यमा कानुन न्याय तथा संसदीय मामिलाका सहसचिव अरुणा जोशी, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने, परराष्ट्र मन्त्रालयका सहसचिव मणिरत्न शर्मा, श्रम रोगजार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रदीप कोइराला र गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले छन्। काफ्लेलाई सदस्य सचिवको जिम्मेवारी दिएका छन्। 

समितिलाई भिजिट भिसा छानबिन सक्न एक महिनाको समय दिइएको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad