प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अर्थविनाको युवा–युवा भनेर उचाल्ने प्रवृत्ति रहेको टिप्पणी गरेका छन्।
सोमबार राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले अर्थविनाको युवा युवा भनेर उचाल्ने प्रवृत्ति छ। जहाँ पनि युवा मात्रै भनेर हुँदैन। कुन तहसम्म कसरी युवाले के गर्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ। दक्षता, सीप र अनुभव आदि कुराहरु चाहिन्छ।’
ओलीले युवा संघमा आवद्ध युवामा गुण्डा नहुने तर बलवान हुने बताए। ‘कुनै पनि व्यक्तिभित्र घमण्ड पसेपछि ऊ बिग्रने बाटोमा जान्छ,’ उनले भने, ‘हाम्रा युवाहरु दम्भी, घमण्डी हुने छैनन्। क्षमतावान विनयी र शालिन हुनेछन्। गुण्डा हुने छैनन्, बलवान हुनेछन्। कसैले गालामा पिट्न आएमा ओम शान्ति... भनेर चाँही बस्दैनन्। त्यसकारण युवा संघले अन्याय सहँदैन र अन्याय गर्दैन भन्ने बुझाउन सक्नुपर्छ।’
अध्यक्ष ओलीले सही ढंगले नेतृत्व गर्न सक्ने व्यक्तिप्रति युवाहरु असहिष्णु हुन नहुने भन्दै इनोभेटिभ तरिकाले गर्ने खोजका कामहरु विश्वमा युवाहरुले नै गरेको बताए।
Shares

प्रतिक्रिया