राजनीति


मुख्य नेताहरूको निर्वाचन क्षेत्रमा मात्रै धेरै बजेट पर्छ, अरूलाई अवहेलना गरिन्छ : राणा

मुख्य नेताहरूको निर्वाचन क्षेत्रमा मात्रै धेरै बजेट पर्छ, अरूलाई अवहेलना गरिन्छ : राणा

फाइल तस्बिर


नेपालखबर
असार ९, २०८२ सोमबार १९:२९, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले मुख्य नेताहरूको निर्वाचन क्षेत्रमा मात्रै धेरै बजेट परेको बताएका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकपछि नयाँ वानेश्वरस्थित संघीय संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले अहिलेको व्यवस्थाको कारणले नै ४/५ जना मुख्य नेताहरूको निर्वाचन क्षेत्रमा बढी बजेट परेको र अरूलाई अवहेलना गरेको जिकिर गरे।

‘बजेट त परेको छ तर सरकार र सत्तापक्षमै भएका सांसदहरूले असन्तुष्टि प्रकट गरिराख्नुभएको छ,’ राणाले भने, ‘हामी त प्रतिपक्षी पर्‍यौँ। यो दुई तीन वर्षदेखि बजेटको लागि दौडिएको दौडै हो। केही मात्रामा पारिदिन्छन्। तर, उल्लेखनीय रूपमा भएको छैन। यो व्यवस्थाले नै यस्तो पारेको छ कि, ४५ जना मुख्य मुख्य नेताहरूकै निर्वाचन क्षेत्रमा धेरै बजेट पर्ने हो र अरूलाई अवहेलना गरेको पाएका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad