ad ad

राजनीति


यो महाव्याधिपछि पनि जीवन छ भनेर सकारात्मक सोचौँ, महामारीलाई परास्त गरौँ : भट्टराई (भिडियो)

यो महाव्याधिपछि पनि जीवन छ भनेर सकारात्मक सोचौँ, महामारीलाई परास्त गरौँ  : भट्टराई (भिडियो)

नेपालखबर
चैत २७, २०७६ बिहिबार ८:१७,

समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले राज्य र नागरिकबीचको सहकार्यले मात्रै कोरोना भाइरस (कोभिड १९)को महामारीलाई परास्त गर्न सक्ने बताएका छन्।

बिहीबार समाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले राज्य र जनताबीच सहकार्य नभए यो महामारीलाई परास्त गर्न नसकिने बताए।

‘यो महामारीलाई राज्य र नागरिकबीचको सहकार्यले मात्रै परास्त गर्न सक्छौँ’, भिडियो सन्देशमा भट्टराईले भनेका छन्, ‘मुख्य दायित्व राज्यले लिने हो, नीति निर्माण र कार्यान्वयन गर्न हो। तर, आम जनताको सहभागिता त्यसमा भएन, राज्य र जनताबीच भएन भने पनि हामीले यसलाई परास्त गर्न सकिँदैन।’

उनले तीन तहका सरकारबीच तालमेल मिलाउने र स्थानीय तहमा सर्वपक्षीय संयत्र निर्माण गरेर सहकार्य गरेर यसलाई परास्त गर्नुपर्ने बताए।

उनले बन्दाबन्दी (लकडाउन)का समयमा विभिन्न तनाव हुने, विभिन्न आशंका उब्जिने अवस्था आउने भन्दै चिन्ता नलिइ चिन्तन गर्न सबैमा आग्रह गरेका छन्।

‘मनोविज्ञानवेत्ता र योगशास्त्रीहरु भन्छन्- यस्तो बेलामा हामी जति तनाव मुक्त हुन सक्यो, सकारात्मक सोच राख्न सक्यो उती हाम्रो प्रतिरोधी क्षमता बढ्छ र यस्ता रोगहरुलाई हामीले प्रतिरोध गर्न सक्छौँ’, उनले भने, ‘त्यसैले म यहाँहरुलाई आग्रह गर्दछु, हामी तनावमा पर्ने होइन्, चिन्ता गर्ने होइन, चिन्तन गर्ने हो। यो महाव्याधिपछि पनि जीवन रहन्छ, संसार रहन्छ र हामी अझै उन्नत र सुखमय जीवन भन्ने सकारात्मक सोच हामीले राख्नुपर्दछ।

उनले नेपाल प्राकृतिक हिसाबले सुन्दर रहेको र संस्कृतिक हिसाबले पारिवारिक जमघटमा रमाउने बानी रहेको बताउँदै उनले आफ्ना रुची अनुसार आफूलाई व्यस्त राख्ने बताए।

‘यो हामीले आफैबाट अलग भएर बसेको अवस्था होइन, वास्तवमा हामीले हाम्रो मुख्य दुस्मन कोरोना भाइरलाई अलग्याएको अवस्था हो, हामीले उसलाइ बन्दाबन्दी गरेको अवस्था हो’, उनले भनेका छन्, ‘किनकि यसको चरित्र भनेकै एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हो, उसलाई सर्न नदिनका निम्ति केही समय अलग रहनु परेको अवस्था हो। यसमा हामी स्पष्ट भयौ भने हामी तनावमुक्त रहन सक्छौँ र यो रोगबाट मुक्त हुन सक्छौँ।’

अध्यक्ष भट्टराई विदेशबाट आएका नेपाली नागरिकहरुलाई दुई हप्ता क्वारेन्टिनमा बसेर मात्र परिवारसँग जोडिन आग्रह गरेका छन्।

अध्यक्ष भट्टराईले कोरोना महाव्याधीको समयमा अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, आपूर्ति (खाद्य, पानी, औषधि आदि) उपलब्ध गराउन खटिएकासबै्, सफाइकर्मी, सञ्चारकर्मीलगायत सबैलाई सम्मान व्यक्त गरेका छन्।

त्यस्तै उनले विपन्न नागरिक, मजदूर, अशक्तलगायतलाई राहतको व्यवस्था गर्न समेत सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .