ad ad

समाज


भारतको ओडिसा राज्यमा लकडाउन दुईहप्ता बढ्यो, केरलामा साढे २ महिना थप्न सुझाव

भारतको ओडिसा राज्यमा लकडाउन दुईहप्ता बढ्यो, केरलामा साढे २ महिना थप्न सुझाव

नेपालखबर
चैत २७, २०७६ बिहिबार ८:१५,

कोरोनाको त्रासपछि केन्द्र सरकारले लागू गरेको २१ दिने लकडाउन यही अप्रिल १४ तारिखमा सम्पन्न हुँदैछ।

लकडाउको समय सकिनलाग्दा ओडिसा राज्यले लकडाउन अप्रिल ३० सम्म लम्बाउने घोषणा गरेको हो।

बिहीबार ओडिसाका मुख्यमन्त्री नविन पटनाइकले लकडाउन अवधि थपिएको घोषणा गरेको इन्डिया टुडेले जनाएको छ।

हालसम्म ओडिसामा ४२ जना कोरोना संक्रमित पुष्टि भएका छन्।

यसैबीच केरला राज्यलाई विज्ञहरुले लकडाउन साढे २ महिना लम्बाउन सुझाव दिएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन बढाउने या घटाउनेबारे विभिन्न राज्यका सरकारसँग सुझाव मागेका थिए।

केरलाका विज्ञहरुले लकडाउन साढे २ महिना थप्न सुझाव दिएको बीबीसीहिन्दले जनाएको छ।

बुधबार मात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन अवधि बढाउने या अन्त्य गर्ने विषयमा सबै राज्यका सरकारसँग छलफल गरेर टुंगो लगाउने जानकारी दिएका थिए।

हालसम्म भारतमा ५ हजार ९१६ जना कोरोना संक्रमित छन्। त्यहाँ १ सय ७८ को मृत्यु भइसकेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .