राजनीति


तीनकुनेमा राज्यले आतंक मच्चाएको हो, छानबिन होस् : राणा

तीनकुनेमा राज्यले आतंक मच्चाएको हो, छानबिन होस् : राणा

नेपालखबर
असार ८, २०८२ आइतबार १२:१८, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले गत चैत १५ गतेको तीनकुने घटनाको जिम्मेवारी राज्यले लिनुपर्ने टिप्पणी गरेका छन्। 

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद राणाले तीनकुने घटना आफूहरुको कारण नभई राज्यको कारण भएको उल्लेख गर्दै सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने टिप्पणी गरे।

सांसद राणाले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पनि बचाउ गर्दै उनी जनताको सेवा गर्न लागि परेको व्यक्ति भएको जिकिर गरे।

‘चैत १५ गतेको तीनकुने घटना हाम्रो कारणले नभई राज्यको कारणले भएको हो,’ राणाले भने, ‘दुर्गा प्रसाईंजी पनि निमुखा जनताको सेवा गर्न लाग्नु भएको छ, उहाँले पनि होइन। राज्यले जनता भड्काएको कारणले त्यो आतंक भएको हो। सभामुख महोदय त्यसको लागि पनि हामीले छानबिनको माग गरेका छौँ। सरकार छानबिन गर्न किन डराइरहेको छ?’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad