राजनीति


वडाध्यक्षहरूमाथिको कारबाहीबाट पछाडि हटे बालेन

वडाध्यक्षहरूमाथिको कारबाहीबाट पछाडि हटे बालेन

नेपालखबर
असार ५, २०८२ बिहिबार २१:३८, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह वडाध्यक्षलाई कारबाही गर्ने आफ्नो कदमबाट पछाडि हटेका छन्।

उपप्रमुख सुनिता डंगोलको अगुवाइमा कार्यालिका र नगरसभाको अनौपचारिक बैठक बसेर निरन्तर दबाब दिएपछि आफ्नो निर्णयबाट उनी पछाडि हटेका हुन्।

मेयर शाहले जेठ १ गते आफ्नो कदमको आलोचना गरेका चार वडाध्यक्षहरुको जिम्मेवारी खोसेर नयाँ वडाध्यक्षहरुलाई जिम्मेवारी तोकेका थिए।

कारबाहीमा परेका वडाध्यक्षहरु आशाराम संगत, मचाराजा महर्जन, ख्यामराज तिवारी र नवीन मानन्धरले त्यसको विरोध गरेका थिए।

कार्यपालिकाको निर्णयबिना आफूखुसी निर्णय नगर्न मेयर शाहलाई चेतावनी समेत दिएका थिए।

त्यस्तै नयाँ जिम्मेवारी पाएका वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापति, वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की र वडा नम्बर ८ का अध्यक्ष विनोदकुमार राजभण्डारीले कार्यपालिकाले जिम्मेवार अनुमोदन नगरेको भन्दै मेयर बालेनले दिएको जिम्मेवारी अस्वीकार गरेका थिए। 

विधायन समितिको जिम्मेवारी भने वडा-१६ की अध्यक्ष रोजिना श्रेष्ठलाई दिइएको थियो। उनले भने जिम्मेवारी स्वीकार गरेकी थिइन्।

तर, वडाध्यक्षमाथिको कारबाही फिर्ता भएपछि चार जनालाई पहिलेकै जिम्मेवारी दिइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad