राजनीति


सदनमा पेस भएका प्रतिवेदनमा जालझेल र षड्यन्त्रको आशंका पाल्नुपर्दैनः बर्तौला

सदनमा पेस भएका प्रतिवेदनमा जालझेल र षड्यन्त्रको आशंका पाल्नुपर्दैनः बर्तौला

नेपालखबर
असार ५, २०८२ बिहिबार २०:४९, काठमाडौँ

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदमा पेश भएको विधेयकका विषयमा राजनीति गर्न खोज्नु खेदजनक भएको टिप्पणी गरेका छन्।

बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले समितिले चारदिन अघि सदमा पेस गरेको प्रतिवेदनमा जालझेल, षड्यन्त्र र आशंका कसैले पाल्नुपर्ने अवस्था नरहेको स्पष्ट पारे।

संविधान बमोजिम विनियोजन विधेयक रोक्न नसकिने अवस्थामा संसद चलेको स्पष्ट पार्दै विनियोजन विधेयकसँगै अन्य महत्वपूर्ण विधेयकहरु समयसीमाभित्रै पारित गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताए। 

उनले भने, ‘म स्पष्ट शब्दमा भन्न चाहन्छु, समितिले चार दिनअघि सदनमा प्रतिवेदन ल्याएको छ। यसमा कुनै षड्यन्त्र, यसमा कुनै जालझेल, यसमा कुनै आशंका कसैले पाल्नुपर्ने र जालझेल षड्यन्त्र छ भन्नुपर्ने अवस्था छैन। सरकारले किन राख्नुपर्‍यो। सरकारको आफ्नो विधेयक जति भन्दा जति छिटो पारित गर्दा महत्वपूर्ण विधेयक पारित भयो भन्ने महत्वपूर्ण विषय हो। यसतर्फ राजनीति गर्न खोज्नु भयो त्यो राम्रो भएन।’

उनले प्रमुख प्रतिपक्षी दलको चाहना भनेको सत्तापक्ष र विपक्षी दलहरुबीचमा घमासान भइरहोस् र नियमित विधेयकमा छलफल चलाएर फेरि पनि सभामुख र सरकारले जबरजस्ती गर्‍यो भनेर टिप्पणी गर्न चाहिरहेको आरोप लगाए।

प्रमुख सचेतक बर्तौलाले विधेयकलाई छिटो अगाडि बढाएर पारित गर्नुपर्छ भन्ने आफूहरूको चाहना रहेको स्पष्ट पारे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad