ad ad

राजनीति


भारतमा लकडाउनको अवधि बढ्नसक्ने

भारतमा लकडाउनको अवधि बढ्नसक्ने

नेपालखबर
चैत २६, २०७६ बुधबार ११:८,

कोरोनाको प्रकोपछि मार्च २५ देखि २१ दिनसम्म भारत लकडाउन गरिएको छ।

लकडाउन अवधि सकिन अब मात्र ६ दिन बाँकी रहँदा मोदीले लकडाउन अप्रिल १४ मै हटाउने विषयमा आफूले विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गर्ने बुधबार बताएका हुन्।

यससँगै भारतमा लकडाउनको अवधि बढ्नसक्ने अनुमान गरिएको छ।

भारत विश्वको दोस्रो ठूलो जनसंख्या भएको राष्ट्र हो। त्यहाँ हालसम्म ५ हजार ३६० जनामा कोरोनाको संक्रमण देखिएको छ। १६४ जनाको भने मृत्यु भइसकेको छ।

बुधबार प्रधानमन्त्री मोदीले दुवै सदनका संसदीय नेताहरुसँग साढे ३ घण्टा कोरोना प्रकोप र लकडाउनको विषयमा छलफल गरेको द हिन्दुले जनाएको छ।

छलफलपछि मोदीले आफूले सबै राज्यका मुख्यमन्त्रीसँग छलफल गरेर लकडाउन अवधि लम्बाउने कि अन्त्य गर्ने विषयमा टुंगो लगाउने बताएका छन्।

मोदीले आगामी अप्रिल ११ मा विभिन्न राज्यका मुख्यमन्त्रीसँग भिडियो सम्मेलन गर्नेछन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .