ad ad

समाज


प्रदेश २ मा ११३ जनाको रिपोर्ट नेगेटिभ, २७ जना नतिजा पर्खँदै

प्रदेश २ मा ११३ जनाको रिपोर्ट नेगेटिभ, २७ जना नतिजा पर्खँदै

शैलेन्द्र महतो
चैत २६, २०७६ बुधबार ११:७,

प्रदेश २ मा बुधबारसम्म १ सय १३ जना कोरोना संक्रमणको आशंका गरिएका बिरामीको स्वाब परीक्षण भएको छ। परीक्षण भएका सबैको स्वाबको रिपोर्ट नेगेटिभ आएको प्रदेश २ समाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरले जानकारी दिए।

हालसम्म प्रदेश भरिका १ सय ४० जनाको स्वाब संकलन गरिएकोमा बुधबार दिउँसोसम्म १ सय १३ जनाको रिपोर्ट आएको हो।

गएको शनिबारदेखि जनकपुर प्रादेशिक अस्पतालमा सञ्चालनमा आएको कोरोनाको नमुना परीक्षण प्रयोगशालामा अहिलेसम्म ६१ जनाको स्वाब संकलन गरेको छ। जसमा अहिलेसम्म ३४ जनाको नमुना परीक्षण रिपोर्ट आएको छ। सबैको रिपोर्ट नेगेटिभ आएको छ भने २७ जनाको रिपोर्ट आउन बाँकी रहेको सचिव घिमिरेले जानकारी दिए।

उनका अनुसार प्रदेश २ मा बुधबारसम्म प्रदेश भरि २१ जना आइसोलेसनमा भर्ना छन्।

यस्तै, ८ वटै जिल्लाको क्वारेन्टिनमा ९ सय ९ जना छन् भने चिकित्सकको सल्लाह अनुसार १ हजार १ सय ८४ जना होम क्वारेन्टिनमा रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .