ad ad

समाज


बुटवल कोरोना अस्पतालमा मृत्यु भएका युवकको शव ११औं दिनमा आज उठाइँदै, यस्ताे भयाे सहमति

बुटवल कोरोना अस्पतालमा मृत्यु भएका युवकको शव ११औं दिनमा आज उठाइँदै, यस्ताे भयाे सहमति

नेपालखबर
चैत २६, २०७६ बुधबार ११:१३,

रूपन्देहीको बुटवलस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा मृत्यु भएका एक युवकको शव ११औं दिनमा आज (बुधबार) उठाइँदै छ।

केही बेरअघि प्रदेश ५ को सामाजिक विकास मन्त्रालयमा पीडित परिवारसँग भएको छलफलमा सहमति भएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको बाबुराम थापाको शव अहिले साँझ उठाउन लागिएको हो।

दुबईमा ट्याक्सी चालक काम गरिरहेका पाल्पाको रिब्दीकोट-५ का ३४ वर्षीय थापा काेराेना महामारीका कारण यही चैत ६ गते नेपाल आएका थिए। स्थानीय मेडिकलबाट जति औषधि खाए पनि ज्वरो र खोकी निकाे नभएपिछ काेराेनाकाे शंकामा उनी रूपन्देहीस्थित (हाल उनको परिवार रूपन्देहीको सैनामैना नगरपालिका–४ मा बस्छ) बुटवल कोरोना विशेष अस्पतालमा चैत १३ गते भर्ना भएका थिए।

तर उपचारकै क्रममा चैत १६ गते उनको मृत्यु भयो भने त्यसको भोलिपल्ट मात्रै उनको स्वाब परीक्षणको नतिजा आयो। काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको पहिलो नमुना परीक्षणले थापामा कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि गर्‍याे। 

त्यसपछि अस्पतालकाे लापर्बाहीले उनकाे मृत्यु भएकाे भन्दै पत्नी रीता थापालगायत आफन्तले शव जिम्मा लिन अस्वीकार गरिरहेका थिए। मृत्युकाे कारण स्पष्ट नपारेसम्म र क्षतिपूर्ति नदिएसम्म शव नउठाउने अडान उनीहरुले लिइरहेका थिए। थापाकाे शव लुम्बिनी प्रादेशिक अस्पतालमा लगेर राखिएकाे थियाे। 

पाँच दिनसम्म पनि शव नउठाएपछि पाल्पाली समाज (रूपन्देही) काे अगुवाइमा सहमति प्रयास थालिएकाे र त्याे आज सफल भएकाे समाजका सल्लाहकारसमेत रहेका पूर्वसभासद विनोद पहाडीले जानकारी दिए। पहाडीकाे पुर्ख्याैली घर पनि पीडित परिवारकाे स्थायी घर भएकै जिल्ला पाल्पा हाे। 

पहाडीका अनुसार बुधबार प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालको उपस्थितिमा भएकाे छलफलमा ३ बुँदे सहमति भएपछि पीडित परिवार शव उठाउन तयार भएकाे हाे। 

सकारले मृतककी पत्नी रीता थापालाई रोजगारी दिने, साना २ छोरा (७ र ८ वर्षका) लाई कक्षा १२ सम्म पढाइदिने र विभिन्न सामाजिक संघ/संस्था मिलेर करिब ९ लाख रुपैयाँ आर्थिक सहयोग जुटाइदिने सहमति भएको जानकारी पहाडीले 

‘अब पीडित परिवारले आजै साँझ शवकाे अत्येष्टि गर्नेछ,’  सहमति भएलगत्तै पहाडीले फोनमार्फत नेपालखबरसँग भने।   

मृतक बाबुराम थापाका श्रीमती र साना दुई छाेरा- 

reetathapa

उनका अनुसार पाल्पाली समाजअन्तर्गत बुटवल-रिब्दीकाेट सम्पर्क मञ्चका अध्यक्ष समुद्र जीसीकाे अगुवाइमा विभिन्न स्थानीय निकायबाट ५ लाख ५० हजार, स्थानीय टन्डन समाजका तर्फबाट शंकर टण्डनको पहलमा १ लाख ५० हजार, थापा समाजका तर्फबाट १ लाखलगायत गरी करिब ९ लाख रुपैयाँ आर्थिक सहयोग जुटाइदिने जिम्मेवारी लिइएको छ।

याे सहमित जुटाउन पाल्पाली समाज रूपन्देहीका अध्यक्ष पदम कार्कीको विशेष पहल रहेकाे पहाडीकाे भनाइ छ।

याे पनि : 

बुटवल कोरोना काण्डः पीडितलाई शिक्षा र रोजगारी सुनिश्चित गर्दा पनि किन उठाइएन शव?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .