राजनीति


च्यासलमा एमालेका नवनिर्वाचित १६ जनसंगठनको संयुक्त भेला, ओलीले विशेष सम्बोधन गर्ने

च्यासलमा एमालेका नवनिर्वाचित १६ जनसंगठनको संयुक्त भेला, ओलीले विशेष सम्बोधन गर्ने

नेपालखबर
असार ४, २०८२ बुधबार ८:२१, काठमाडौँ

नेकपा एमाले जनसंगठन संयन्त्रको बैठकलाई अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेलले विशेष सम्बोधन गर्दै छन्। 

अहिले बिहान केही बेरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु हुने बैठकमा हालसालै महाधिवशेन सम्पन्न भएका १६ वटा जनसंगठनका इन्चार्ज अध्यक्ष,निवर्तमान अध्यक्ष र महासचिव सहभागी हुनेछन्। 

पार्टी स्थायी कमिटीका सदस्य एवं जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालका अनुसार महाधिवेशनपछि आएको नेतृत्वलाई प्रधानमन्त्री ओलीले विशेष निर्देशन गर्नेछन्। 

नयाँ नेतृत्वलाई संगठन विस्तार,पार्टी र सरकारले गरेका राम्रा कामहरु जनतासमक्ष पुर्‍याउने, मिसन ०८४ लाई लक्षित गरेर पार्टीले अघि सारेका अभियानको प्रभावकारी कार्यन्वयन आदिबारे प्रधानमन्त्रीले बताउने ढकालले जानकारी दिए।

यसैगरी पार्टी उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पार्टी र जनसंगठनबीचको समन्वयमा देखिएका अफठ्यारा सहजीकरण गरेर संगठनको भूमिकालाई कसरी प्रभावकारी रूपमा स्थापित गर्ने भन्ने विषयमा बताउनेछन्। 

नयाँ नेतृत्वलाई पार्टीको जनसंगठन संयन्त्रका नीति,विधि र भूमिकाका बारेमा जनसंगठन समन्वयका प्रमुखबारे प्रमुख भानुभक्त ढकालले जानकारी दिनेछन्। 

बैठकमा हरेक जनसंगठनका अध्यक्षले महाधिवेशनपछि हालसम्मको अवस्थाका बारेमा रिर्पोटिङ गर्नेछन्।

आजको बैठकबाट निवर्तमान अध्यक्षहरूलाई बिदाइ र नयाँ निर्वाचित अध्यक्षलाई स्वागत पनि गरिने ढकालले जानकारी दिए।

एमालेका २३ जनसंगठन मध्ये समयअवधि पुगेका १६ वटा जनसंगठनको महाधिवेशन सकिएको छ भने बाँकी ७ वटाका महाधिवेशन सुरु हुने चरणमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad