समाज


निलम्बित नगर प्रहरी प्रमुख पाण्डेको रिटमा उच्च अदालतमा आज सुनुवाइ हुँदै

निलम्बित नगर प्रहरी प्रमुख पाण्डेको रिटमा उच्च अदालतमा आज सुनुवाइ हुँदै

नेपालखबर
असार ४, २०८२ बुधबार ८:२६, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे को रिटमाथि आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ। 

आफूलाई पदबाट निलम्बन गर्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरगाईंको निर्णयविरुद्ध गुरागाईंले गएको जेठ २५ गते उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। 

पाण्डेको रिटमाथि बुधबार सुनुवाइ हुने अदालतले जनाएको छ। पाण्डेले काठमाडौँ महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत सरोज गुरागाईं, महानगर प्रहरी बल निमित्त प्रमुख विष्णु जोशी, नगर कार्यपालिका कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्।

गत चैत २१ गते गुरागाईं कार्यालयमा हाजिर हुन जाँदा पाण्डेकै नेतृत्वमा रहेको नगर प्रहरीको टोलीले अवरोध गरेको आरोपमा उनीमाथि गुरागाइँले कारबाही अघि बढाएका हुन्। 

महानगरले उक्त घटनाबारे छानबिन गर्न प्रशासन प्रमुख ध्रुव काफ्लेको नेतृत्वमा जाँचबुझ समिति पनि गठन गरेको छ।

काठमाडौँ भ्यू टावरको नक्सा पास विवादपछि बिदामा बसेका गुरागाईं महानगरमा हाजिर हुन जाँदा विवाद भएको थियो। उपप्रमुख सुनीता डंगोलको नेतृत्वमा गुरागाईं हाजिर हुन भनेर महानगर पुगेका थिए। उनलाई महानगरको नगर प्रहरी बलले कार्यालय प्रवेशमा अवरोध गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad