राजनीति


देउवाको आग्रह : लकडाउनको पालनासँगै सामाजिक दूरी कायम गरौँ (भिडियाे)

देउवाको आग्रह : लकडाउनको पालनासँगै सामाजिक दूरी कायम गरौँ (भिडियाे)

नेपालखबर
चैत २६, २०७६ बुधबार ७:४५,

 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले घोषणा गरेको लकडाउनको पालना गर्न र समाजिक दूरी कायम गर्न अपिल गरेका छन्।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन सरकारले लागू गरेका आदेशहरुको पालना गर्न र समाजिक दूरी कायम गर्न सम्पूर्ण नेपालीहरुलाई अपिल गरेका हुन्।

मंगलबार न्युज एजेन्सी नेपालका संवाददातासँग कुरा गर्दै देउवाले सीमा पारी अलपत्र परेका नागरिकलाई उद्दार गरी क्वारेन्टिनमा राख्नसमेत सरकारलाई आग्रह गरेका छन्।

सरकारलाई पारदर्शी रुपमा स्वास्थ्य सामग्रीको खरिद गर्न र कति दिन लकडाउन गर्नुपर्ने हो त्यसको अध्ययन गरेर अगाडि बढन समेत सरकारलाई अनुरोध गरेका छन्। सरकारले आशंका लागेका सबै नागरिकको परीक्षण गर्ने व्यवस्था मिलाउन तत्काल काम गर्नुपर्नेमा उनले जोड दिए।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुलाई समेत उच्च सतर्कता अपनाएर काम गर्न सभापति देउवाले आग्रह गरेका छन्। यस्तै नेपाली कांग्रेसका सम्पूर्ण सदस्य एवं कार्यकर्ताहरुलाई उच्च सतर्कताका साथ प्रचार प्रसारमा लाग्न र जनतामा सचेतना फैलाउन समेत आग्रह गरेका छन्। राजनीतिक दल सुभेच्छुक संस्थाहरुलाई देहमा भित्रिएको संकटमा एकजुट भएर लाग्न समेत आग्रह गरे।

सभापति विदेशमा रहेका नेपाली नागरिकहरुलाई उच्च सतर्कताका साथ स्वास्थ्यको ख्याल गर्न समेत अपिल गरेका छन्। उनले विदेशमा कोरोना संक्रमणबाट भएको नेपालीहरुको मृत्युप्रति दुःख समेत व्यक्त गरेका छन्। उनले मृतकका परिवारजनमा हार्दिक समवेदना प्रकट गरे।

भिडियाे :  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad