कोरोनाको संक्रमणपछि आईसीयूमा भर्ना भएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको अवस्था समान्य रहेको सेन्ट थोमस हस्पिटलले बताएको छ।
कोरोना संक्रमणका कारण स्वास्थ्य अवस्था बिग्रँदै गएपछि बोरिस जोनसनलाई सोमबार रातिदेखि लन्डनको सेन्ट थोमस अस्पताल भर्ना गरिएको छ।
जोन्सनले सोमबार र मंगलबारसहित दुई रात आईसीयूमा बिताएका छन्। उनको अवस्था सामान्य भएको र उनको मनोबल उच्च भएको अस्पतालले बताएको छ।
हाल बेलायत लकडाउन गरिएको छ। त्यहाँ ५५ हजार २४२ संक्रमित पुष्टि भएका छन्। ६ हजार १५९ जनाको भने मृत्यु भइसकेको छ। एजेन्सी
3
Shares

प्रतिक्रिया