राजनीति


काठमाडौँको सार्वजनिक यातायात सुधार्न सके वर्षको ४० अर्ब जोगिन्छ: गगन थापा

काठमाडौँको सार्वजनिक यातायात सुधार्न सके वर्षको ४० अर्ब जोगिन्छ: गगन थापा

नेपालखबर
असार १, २०८२ आइतबार १९:३४, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको सार्वजनिक यातायात क्षेत्र निजी लगानीमै आधारित रहेकाले निजी क्षेत्रको लगानीलाई सुरक्षित गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको दोस्रो महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापन समारोहमा बोल्दै महामन्त्री थापाले सार्वजनिक यातायातको क्षेत्रलाई व्यवस्थित गर्न सके लोकतन्त्रको सुदृढीकरणसँगै आर्थिक विकासमा  समेत ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे।

उनले काठमाडौँ उपत्यकाको सार्वजनिक यातायात प्रणाली सुधार गर्न सके मात्र मुलुकले वार्षिक ४० अर्ब रुपैयाँ जोगाउन सकिने बताए।  उनले भने, ‘काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन सक्यौँ भने हामीले आजको दिनमा ४० अर्ब रुपैयाँ बचाउन सक्ने अवस्था रहेछ।

त्यसैले लोकतन्त्रको लागि यातायात जति महत्त्वपूर्ण हो आर्थिक विकासका लागि पनि त्यत्तिकै महत्त्वपूर्ण कुरा हो। तर हामीलाई के थाहा छ भने हाम्रो सार्वजनिक यातायातको क्षेत्र एकदमै चुनौतीको बिचमा उभिएको छ। सार्वजनिक यातायातको हामीले एउटै मोडालिटीमा काम गरेका छौँ। यो थोरै देशहरूमा मात्रै छ। यो क्षेत्र सार्वजनिक भए पनि यस क्षेत्रको बहुसङ्ख्यक लगानीकर्ता निजी नै हो। त्यस कारण निजी क्षेत्रको लगानीलाई सम्हाल्दै लग्यौँ भने मात्रै हामीले ठिक गाउँमा पुर्‍याउने अवस्था रहन्छ।’

सार्वजनिक यातायातको क्षेत्रको सुधारका लागि आवश्यक छलफल गर्न सरकारले नीतिगत सुधारसँगै निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न जरुरी रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad